१६ चैत्र २०८०, शुक्रबार

सदरमुकाम दुरगन्धित, ११ चोकमा कार्यालय सहयोगी

Khabarsabaiko बुधबार, साउन १५, २०७६

हुम्ला,

हुम्लाको सिमकोट गाउँपालिकाले आफ्नो बजार क्षेत्र फोहोर भएको भन्दै बजारका ११ वटा चोकमा अनुगमनका लागी कार्यालय सहयोगी कर्मचारी खटाएको छ । सिमकोट गाउँपालिकाले बजार क्षेत्र सरसफाई गर्नका लागी गाउँसभामा बजेट छुटाएता पनि दैनिक दिन आवातजावत गर्ने सर्वसाधारण लगायतलाई समस्या हुँदा चोक चोकमा कर्मचारी खटाएको हो ।

सिमकोट गाउँपालिका वडा पाँच , छ मा पर्ने सदरमुकाम सिमकोट बजार सधै भरि नेपाल प्रहरी, नेपाली सेना कर्मचारी द्धारा बजार सरसफाई गरेता पनि बजार बासी र स्थानिय व्यवसायीहरुले सरसफाई नर्गदा हरेक दिन सिमकोट बजारका चोक दुर्गन्धित बन्दै गएका छन ।

पहिलो पटक गाउँपालिकाकै पहलमा बजार चोक सरसफाई गर्नुको साथै चोक चोकमा २ जनाका दरले गाउँपालिकाले मंगलबारबाट कर्मचारी खटाएको छ ।

सिमकोट बजारलाई सुन्दर बनाउनको लागि गाउँपालिकाको पहिलो प्रयासमा बजार सरसफाई गर्ने तयारी गरेको सिमकोट गाउँपालिका अध्यक्ष पदमा बहादुर लामाले बताउनु भयो ।

गाउँपालिकाले सरसफाई कार्याविधी बनाएर बजार सरसफाई लाई निरन्तरता दिने भएको छ । सिमाकोट बजार भित्र नै अव्यबस्थित फोहोर भेटिएकाले फोहर लाई व्यबस्थती गर्न बजारवासी, स्थानिय व्यवसायीलाई स्वाच्छ र सुन्दर सिमकोट बनाउन सहयोग गर्न अध्यक्षले आग्र गर्नुभयो ।

सदरकुकाम सिमकोट बजारमा सार्वजनिक शौचालय व्यबस्थित र फोहोर फाल्ने व्यवस्था नहुँदा सेवा लिन आउने सर्वधारणहरुले खुल्ला रुपमा फोहोर गर्ने र जथाभावीरुपमा बाटोघाटोमा फोहोर वस्तु फालिदिदा बजार क्षेत्र फोहोर भएको हुम्ला उद्योग बाणिज्य संघले जानकारी दिएको छ ।

सिमकोट बजारलाई सफा गर्नको लागी हरेक महिनाको १५ गते . बजारबासीले सरसफाई गर्नु निर्णय कार्यन्वय नभएको हुम्ला उद्योग बाणिज्य संघका अध्यक्ष नामग्यल तामाङले बताउनु भयो ।

सिमकोट बजार क्षेत्रका चोक चोकमा फोहोर, थुपारीनुका साथै बजारका ढलमा फोहोर हुदा दैनिक दिन विद्यालय जादा समस्या हुनेगरेको मानसरोवर माध्यामिक विद्यालयका शिक्षक शिबशर्मा पौडेलले जानकारी दिनुभयो ।

आफु सधै कालिन्चोकको बाटो भएर जानेगरेको तर ढल, र बजारका सबैचोकमा फोहोर थुपारेकाले गाउँबाट सिमकोट आउने र बाहिय पर्यटकलाई समेत आवतजावतमा समस्या हुनेगरेको शिक्षक पौडेलले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्