१५ चैत्र २०८०, बिहिबार

थारु पत्रकार संघ दाङको जिल्ला अधिवेशन साउन ३२ गते

Khabarsabaiko बुधबार, साउन १५, २०७६

तुलसीपुर
थारु पत्रकारसंघ दाङको चौथो जिल्ला अधिवेशन साउन ३२ गते हुने भएको छ ।

थारु पत्रकारसंघ दाङ शाखाको बुधवार तुलसीपुरमा बसेको बैठकले थारु पत्रकार संघ नेपालको केन्द्रिय कार्यसमितिको परिपत्र अनुसार आगामी भदौ दोस्रो सातासम्म जिल्लाको अधिवेशन गर्नु पर्ने भएकाले दाङ शाखाको चौथो जिल्ला अधिवेशन यहि श्रावण ३२ गते शनिवारका दिन गर्ने निर्णय भएको हो ।

। बैठकले अबको एक साता भित्र दाङ जिल्लामा रहेका मिडियाहरुमा आवद्ध थारु पत्रकारहरुको तथ्यांक संकलन गरेर नविकरण गर्ने निर्णय भएको छ ।

थारु पत्रकार संघ दाङ शाखाकी कार्यबाहक अध्यक्ष अञ्जना चौधरीको अध्यक्षतामा बसेको बैठकमा थारु पत्रकार संघ दाङको चौथो जिल्ला अधिवेशनको तयारीका लागि जिम्मेवारी वाँडफाडका विषयमा पनि छलफल भएको छ ।

प्रत्येक अधिवेशनमा नविबरण गर्ने केन्द्रिय कार्यसमितिको नियमानुसार नवीकरणका लागि प्रति व्यक्ति ५ सय रुपैयाँ लाग्ने भएको छ ।

थारु पत्रकार संघ दाङको चौथो जिल्ला अधिवेशनलाई सफल पार्नका लागि विभिन्न कार्य समिति गठन गरीएको छ ।

आर्थिक संकलनमा अञ्जना चौधरीको संयोजकत्वमा ६ सदस्सीय समिति गठन गरिएकोे छ । जसको सदस्यमा दिप्तिशिखा चौधरी, निता चौधरी , नविन चौधरी , श्रीराम दहित , उदिराम चौधरी , जयन्ति चौधरी हुनुहुन्छ ।

त्यसैगरी सदस्यता नविकरण समितिमा लालु चौधरीको संयोजकत्वमा ४ सदस्सीय समिति गठन गरिएको छ । जसमा सवि थारु, डिला चौधरी , सरिता चौधरी , सविता चौधरी हुनुहुन्छ ।

त्यस्तै महिला विभाग समितिमा निता चौधरीको संयोजकत्वमा ४ सदस्सीय समिति गठन गरीएको छ । जसमा विष्णु कुसुम ,जयन्ति चौधरी , सरिता चौधरी ९सरु० , दिप्तिशिखा चौभरी हुनुहुन्छ ।

त्यसैगरी गरी प्रचारप्रसार समितिमा जयन्ति चौधरीको संयोजकत्वमा शिवहरी चौधरी र तिर्थराज चौधरी हुनुहुन्छ ।

उक्त छलफलमा थारु पत्रकार संघ दाङको सल्लाहाकार सन्तोष दहित , लालु थारु, श्रीराम दहित , उदिराम चौधरी , लगाएतकाले बोल्नुभएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्