१६ चैत्र २०८०, शुक्रबार

अधिकार सुनिश्चीताका लागि थारु समूदाय संगठीत हुनुको बिकल्प छैन ः लक्ष्मण थारु

Khabarsabaiko बिहिबार, साउन १६, २०७६

तुलसीपुर

थारु अगुवा लक्ष्मण थारुले थारु समूदायको अधिकार सुनिश्चताको लागि संगठीत हुनुपर्ने अबस्था आईपुगेको बताउनुभएको छ ।उहाँले थारुहरुको न्यायका लागि र थारुहरुको सवाललाई सम्बोधन गराउन दवाबका लागि अनौपचारीक मञ्च तयार गर्नुपरेको बताउनुभयो । थारु कल्याणकारीणि सभा दाङको आयोजनामा आज बुधबार दाङको तुलसीपुरमा गरीएको थारु बुद्धिजीबिहरुसँगका अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्नुहुदै उहाले अधिकार प्राप्तीकै क्रममा पटक पटक थरुहट आन्दोलन भएको स्मरण गराउनुभयो । उहाले भन्नुभयो,देउखुरी घटनामा २जना थारु सहिद भएका र टीकापुर घटना पनि थारुहरुको अधिकारको लागि भएको बताउनुभयो ।

यी दुबै घटना नहुनुपर्ने थियो तर दुर्भाग्यबस हुन गयो,उहाले भन्नुभयो । अव पहिलेको जस्तो आन्दोलन नगरेर शान्तिपूर्ण आन्दोलन गर्ने बताउदै २० महिने खाका तयार पारिएको उहाले जानकारी दिनुभयो । कैलालीको टिकापुरमा भदौ ७,८ र ९ गते हुने ३ दिने थारु सम्मेलनको बारेमा जानकारी गराउने उदेश्यले दाङको तुलसीपुरका थारु बुद्धिजीवीहरुसँग अन्तरक्रिया गर्नुपरेको नेता थारुले सो कुरा जानकारी गराउनुभएको हो । थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरीको अध्यक्षता तथा थारु नेता लक्ष्मण थारुको प्रमुख आतिथ्यतामा भएको छलफलमा सहभागि थारु समूदायका बुद्धिजीबिहरुले अधिकार प्राप्तिका लागि थारुहरु एक भएर लाग्नु पर्ने सुझाब दिएका छन् ।

थारुहरुको हक र अधिकारका लागि अहिले सम्म साझा ब्यक्तिको रुपमा नेतृत्वको विकास हुन नसकेको र निश्चित संस्था नभएको गुनासो गरेका थिए । कार्यक्रममा थारु कल्याणकारीणि सभाका केन्द्रिय कोषाध्यक्ष चूर्णबहादुर चौधरी,थारु नेता शरण थारु,थारु बुद्धिजीबि रोहित थारु,कल्पना चौधरी लगायतले थारु समूदायका लागि साझा सवाल र सशक्त दवाब आबश्यक रहेको सुझाब दिनुभएको छ । अहिंसात्मक आन्दोलनबाटै अधिकार प्राप्त गर्न सकिने भएकाले संयमता आबश्यक रहेको समेत उहाहरुले सुझाब दिनुभएको थियो । झण्डै ६० थारु बुद्धिजीबिहरुको सहभागितामा भएको अन्तरक्रिया कार्यक्रमको सहजीकरण मानबीर चौधरीले गर्नुभएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्