१५ चैत्र २०८०, बिहिबार

मोबाइल चलाउँदा सौजन राईको मृत्यु

Khabarsabaiko बिहिबार, साउन १६, २०७६

विराटनगर
मोरङको लेटाङ नगरपालिका–३ स्थित त्रिशूली चोकमा चार्ज गरिरहेको मोबाइल चलाउँदा करेन्ट लागेर एक बालकको आज मृत्यु भएको छ ।
एक नं प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार पदमबहादुर राईका १५ वर्षीय छोरा सौजन राईको आज बिहानपख ओछ्यानमा चार्जमा राखेको मोबाइलमा गेम खेल्ने क्रममा अचानक करेन्ट लागेर मृत्यु भएको हो ।

आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्