१६ चैत्र २०८०, शुक्रबार

गर्भवतीको हेलिकप्टर मार्फत उद्धार, स्वास्थ्यचौकी स्वास्थ्यकर्मी विहिन, बच्चाको मृत्यु

Khabarsabaiko आइतबार, साउन १९, २०७६

हुम्ला
हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाकी एक जना गर्भवती महिलाको महंगो मुल्य तिरेर हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

जिल्लाका हिमालपारीको बस्ति भनेर चिनीने नाम्खा गाउँपालिका वडा ६ का ३५ वर्षिय सोनाम टेन्डि लामालाई सुत्केरी व्यथा लागेको तीन दिन सम्म बच्चा जन्माउन नसकेपछि लिमीबाट हेलिकप्टर मार्फत जिल्ला अस्पतालमा पुराएको छेपाल दोर्जे लामाले जानकारी दिनुभयो ।
सुत्केरी व्यथा लागेका लामालाई जिल्ला अस्पतालमा पुराए सँगै अप्रेशन गरेर बच्चा निकाल्न सफल भएता पनि जन्मिएको पाँच मिनेटमा बच्चाको मृत्युभएको र आमालाई बचाउन सफलभएको अस्पतालका डाक्टर सिद्धार्थ खातीले जानकारी दितनुभयो । लामाको पाठेघरमा समस्या देखिदा बच्चा जन्मन नसकेको डाक्टर खातीले बताए ।

उनले भने सोनाम टेन्डि लामाकोे पेटमा भएको बच्चाले दिसा खाएको र टाउको पनि ठूलो भएका कारण उनको ज्यान जोखिममा रहेता पनि अप्रेशन सफल भएर बच्चा जन्माउन सफल भएता पनि जन्मिएको पाँच मिनेटमा बच्चाको मृत्युभएको डाक्टर अमित विष्टले जानकारी दिए ।
लिमी स्वास्थ्यचौकी स्वास्थ्यकर्मी विहिन

जिल्लाको उतरी क्षेत्रमा रहेको लिमी स्वास्थ्यचौकीमा पाँच जना स्वास्थ्यकर्मीको दरवन्दि भएता पनि स्वास्थ्यकर्मी विहिन रहेको छ । लिमी स्वास्थ्यचौकीमा अहिले कर्मचारी कोही पनि नभएको त्यहाँका स्थानियले जानकारी दिए ।

दुईजना अनमी, दुई जना अहेब र एक जना सिनियर अहेबको दरबन्दि रहेता पनि अहिले लिमी स्वास्थ्यचौकीमा कोही नभएको जिल्ला अस्पताल श्रोतले जानकारी दिएको छ । अनमी कविता, सुसिला शाह, अहेब नर भण्डारी, दिपक रावत र सिनियर अहेब बुधे भण्डारी कार्यरत भएता पनि स्वास्थ्यचौकीमा लामो समय देखी खाली रहेको छ ।

स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा सुत्केरी व्यथा लागेकी लामालाई लिमी देखी सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा पुराउन हेलिकप्टरको भाडा एक लाख पचास हजार लागेको हो ।

स्थानियले सुत्केरी व्यथा लागेकी लामाई लाई घरेलु उपचारबाट बच्चा जन्माउन नसेपछि महंगो मुल्य तिरेर हेलिकप्टर रिजर्भ गरेर बच्चाको ज्यान बचाउन नसकेपनि सुत्केरी आमाको ज्यान बचाउन सफल भएको जिल्ला अस्पतालका अनमी सरिता बोहराले जानकारी दिनुभयो । दुर्गम जिल्ला हुम्लामा स्वास्थ्यचौकीमा कर्मचारी नबस्नुले गर्भवती महिलाले बच्चा जन्माउन नसक्दा ज्यान गुमाउनुपरेको छ ।

 

जिल्ला अस्पताल हुम्लामा सुत्केरी हुन नसकेकी ३५ वर्षिय लामाको अप्रेशन गरिदै ।

यहाँ कमेन्ट गर्नुहोस्