१६ चैत्र २०८०, शुक्रबार

सर्केगाड स्वास्थ्यचौकीमा औषधि अभाव

Khabarsabaiko आइतबार, साउन १९, २०७६

हुम्ला
हुम्लाको सर्केगाड गाउँपालिकामा रहेको स्वास्थ्य चौकीमा औषधिको अभाव भएको छ । सर्केगाडमा रहेको स्वास्थ्यचौकीमा गत सालदेखी आौषधि आपूर्तिमा समस्या भएपछि स्वास्थ्यचौकीमा औषधिको अभाव भएको हो ।

पछिल्लो समय स्वास्थ्यचौकीमा दैनिक दिन झाडापखाला,टाईफाईट, ज्वरो लगायतका विरामी स्वास्थ्य संस्थामा पुगेता पनि औषधिको अभावभएको छ । स्वास्थ्यचौकी कार्यालय खुलेता पनि औषधि नहुँदा रित्तो हात लिएर घर फकर्नु परेको स्थानिय कविन्द्र शाहीले गुनासो गरेका छन ।

बिरामीको सङ्ख्या बढ्दै गएको र स्वास्थ्य संस्थामा औषधि नहुँदा उपचारमै समस्या भएको विरामीहरुले गुनासो गर्देआएका छन ।

स्थ्यचौकीमा टाइफाइड, झाडापखा लगायतका बिरामी बढेपनि औषधि नहुँदा उपचार गर्न निकै समस्या हुँदा जिल्ला अस्पताल सिमकोट धाउने गरेका छन ।

सरकारले स्वास्थ्यचौकीबाट ४० प्रकारको औषधि, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५० प्रकारको औषधि र जिल्ला अस्पतालबाट ७० प्रकारको औषधि निःशुल्क दिने नीति लिएको भएपनि जिल्लाका अधिकांस स्वास्थ्य संस्थामा औषधिको अभाव भएको हो । जिल्लाभरिका स्वास्थ्य संस्थाले सिटामोलसमेत मागअनुसार आपूर्ति हुन नसकेको बताएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयबाट माग अनुसारको औषधि आपूर्ति नहुँदा नागरिकलाई सास्ती भएको बताइएको छ । सातवटै गाउँपालिकामा रहेका स्वास्थ्यचौकीमा महिलाको लागी आइरन चक्की पनि पाउन समस्या हुनेगरेको छ । गर्भवती महिलालाई निःशुल्क रुपमा वितरण गरिने आइरन चक्की स्वास्थ्य संस्थामा कति पनि नभएको पाईएको छ ।

स्वास्थ्य संस्थामा औषधि नहुँदा निःशुल्क पाइने औषधिसमेत सेवाग्राहीले सदरमुकाम सिमकोट लगायत निजी मेडिकलमा महंगो मुल्य तिरेर किन्नुपर्ने अवस्था रहेको छ ।

जिल्लाभरि औषधिको अभाव भएको बारेमा जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल हुम्ला भने अनविज्ञ जस्तै रहेको छ ।

गत सालदेखि नै आपूर्ति व्यवस्थामा समस्या आएकाले मागअनुसार औषधि पूर्ति नभएको जिल्ला अस्पताल श्रोतले जानकारी दिएको छ ।

भिडियो हेराैं….

यहाँ कमेन्ट गर्नुहोस्