१५ चैत्र २०८०, बिहिबार

इलाका प्रशासन कार्यालय बन्द, कर्मचारी खटाईयो

Khabarsabaiko सोमबार, साउन २०, २०७६

हुम्ला
स्थापनाभएदेखी कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदैआएको ईलाका प्रशासन कार्यालयमा एक जना कर्मचारी खटाईएको छ ।

हुम्लाको सर्केगाड गाउँपालिकामा रहेको ईलाका प्रशासन कार्यालय स्थापनादेखी कार्यालय सहयोगीको भरमा सन्चालन हुदैआएको छ ।सर्केगाडमा रहेको ईलाका प्रशासन कार्यालय सहयोगीको सञ्चान हुदैआएता पनि केही दिन देखी कार्यालय बन्द हुदा सेवाग्राही मर्कामा पर्दै आएका छन । इलाका प्रशासन कार्यालय ४ बर्ष देखि प्रमुख विहीन बनेको छ । नेपाल सरकारले हुम्लाका साविका १० वटा गाविस लाई लक्षित गर्दे २०७३ साल असार ३० गते स्थापना भएको इलाका प्रशासन कार्यलय अहिले सम्म कार्यालय सहयोगीको भरमा इलाका प्रशासन कार्यलय संचालन भएता पनि आजभोली कार्यालय सहयोगी विहिन बन्दा सेवाग्राहीले सास्ति भोग्नुपरेको छ ।

यता प्रमुख जिल्ला अधिकारी विनीता भटराई हुम्लामा भरखरै प्रमुख जिल्ला अधिकारी भएर आय लगतै जिल्लामै सबै दरबन्धि रिक्त रहेकोले इलाकामा झनै समस्या भएको बताउनु भयो ।

यस अघि निमित कार्यालय प्रमुखका रुपमा जिल्ला प्रशासन कार्यलय बाट सुब्बा भिम रोकाया लाई खटायता पनि जिल्ला प्रशासन कार्यलयमै रोकायाको आवश्यकता भएको भन्दै काजमा तानिएका हुन् ।

इलाका प्रशासन कार्यालय सर्केगाडमा एक जान अधिकृत, १ जना सलेपा २ जान नायब सुब्बा ,२ जान कार्यालय सहयोगी गरि ६ जनाको दरबन्धि भयता पनि एक जान कार्यालय सहयोगीकै भरमा चलिरहेको छ ।

जिल्ला प्रशासन कार्यलय बाटै एक जाना नायब सुब्बा भिम रोकाया र एक जना कार्यलय सहयोगीकै भरमा सर्केगाड इलाका संचालन भईरहेको अबस्थामा प्रशासन कार्यालयले सुब्बा रोकाया लाई जिल्लामै कागजमा तानेको जिल्ला प्रशासन कार्यलय श्रोतले बताएको छ । तर रोकाया लाई इलाकामा खटायता पनि सनाखत बाहेक अरु अधिकार नदिएकाले पनि प्रशासन बाट हुने सम्पुर्ण काम सदरमुकाम सिमकोटमै पुग्नु परेको सर्केगाढ गाउँपालिका बाध्यता रहेको छ

चार बर्ष विती सक्दा पनि अहिले सम्म इलाका प्रशासन कार्यलयमा जिम्मेवारी कर्मचारी नहुँदा कार्यालय सहयोगीको भरमा चलेको छ । कार्यालयमा आधिकारी हस्ताक्षेत्र गर्ने प्रमुख नहुँदा सेवाग्राही मर्कामा परेका छन् ।

सबैभन्दा बढी कार्यालयबाट नागरिकता लिन आउनेहरु प्रत्यक्ष मारमा परेका छन् । इलाका प्रशासनबाट सहजै पाइने नागरिकता लिन सदरमुकाम सिमकोटमा रहेको जिल्ला प्रशासन कार्यालयमा धाउनु पर्ने बाध्यता रहेको सेवाग्राहीको गुनासो छ ।

कार्यालयमा नागरिकता लगायतका सेवा लिन आउनेले समेत जिल्लामै २ दिन हिंडेर धाउनु पर्ने बाध्यता जिल्ला प्रशासनले गरेको गुनासो गरेका छन ।

यहाँ कमेन्ट गर्नुहोस्