१६ चैत्र २०८०, शुक्रबार

राष्ट्रिय बाणिज्य बैंक शाखा हुम्लामा ९९ लाख आम्दानी

Khabarsabaiko मंगलबार, साउन २१, २०७६

हुम्ला
जिल्लाको सदरमुकाम सिमकोटमा रहेको राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालयले आर्थिक बर्ष ०७५।०७६ मा ९९ लाख ६२ हजार ८७९ रुपियाँ गरेको छ । खुद नाफा कमाए पनि बैंकले बार्षिक रुपमा राखेको लक्ष्यमा पुग्न सकेको छैन् । सेवाग्राहीहरु पनि कम हुँदै गएको बेला राष्ट्रिय बाणिज्य बैंकको सिमकोट शाखाले बार्षिक लक्ष एक करोड सात लाख ७४ हजार दश रुपियाँ राखेकोमा आठ लाख ११ हजार १३० रुपियाँ नाफा कम कमाएको बैंकका प्रबन्धक ठानसिंह बिष्टले बताएका छन् ।

यसो हुनुमा मुख्य गरि कर्मचारी कम, कामको चापले कर्जाको ब्याज असुली हुन नसक्नु र भएका कर्मचारीहरु पनि असार महिनामा काम बिशेषले बिदामा बस्नाले बैंकले लक्ष अनुसार खुद नाफा कम कमाएको उनले बताए । बैंकले एक बर्षमा दुई करोड ५२ लाख ४० हजार ७९९ रुपियाँ नाफा कमाएकोमा एक करोड ५२ लाख ७७ हजार ९१९ रुपियाँ खर्च भएको बैंकले जनाएको छ । एक बर्षमा बैंकले जम्मा निक्षेप ७२ करोड १९ लाख ४६ हजार ३४४ रुपियाँ रहेको र जम्मा कर्जा २७ करोड १० लाख ४१ ह्जार ९७२ रुपिया रहेको जनाएको छ । हुम्ला जिल्लामा सबै भन्दा बढी कारोबार हुने बैंकमा बाणिज्य बैंक पर्ने गरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्