१६ चैत्र २०८०, शुक्रबार

मानसरोवर माध्यामिक विद्यालयका विद्यार्थीलाई पोशाक सहयोग

Khabarsabaiko बुधबार, साउन २२, २०७६

हुम्ला, २
हुम्लाको सदरमुकाम सिमकोटमा रहेको मानसरोवर माध्यामिक विद्यालयका विद्यार्थीलाई स्कुल पोशाक सहयोग गरिएको छ । छिमेकी राष्ट्र भारतमा अध्ययन गर्दै आएका उडगेन जिम्मेत लामा र सगरमाथा आरोही सिमकोट गाउँपालिका वडा तीन निवासी प्रेम दोर्जी लामाको पहलमा मानसरोवर माध्यामिक विद्यालयका छात्रा छात्रलाई (ट्रयाक्सुट) पोशाक सहयोग गरेका हुन ।

मानसरोवर माध्यामिक विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० कक्षा सम्मका ३३० जना छात्रछात्रालाई विद्यालय पोशाक सहयोग गरेको मानसरोवर माध्यामिक विद्यालयका प्रधानध्यापक अमर बहादुर शाहीले जानकारी दिनुभयो । भारतमा अध्ययन गर्दै आएका उडगेन जिम्मेत लामा बुधबार विद्यालयमै पुगेर विद्यार्थीलाई पोशाक वितरण गनुभएको हो । आजै मानसरोवर माध्यामिक विद्यालयमा एक कार्यक्रमका विच विद्यार्थीलाई पोशाक हस्तान्तरण गरिएको हो । सगरमाथा आरोही लामा र भारतमा अभ्ययन गर्दै आएका दुबै जना लामाले सामाजिक काममा रुचि देखाउदै विद्यार्थीलाई (टयाक्सोट) पोशाक सहयोग गरेका हुन । ३३० जना विद्यार्थीको लागि तीन लाख २९ हजार पाँच सय रुपैयाको व्यक्तिगत सहयोग गरेको समगरमाथा आरोही लामाले जानकारि दिए ।

आफुहरुलाई टयाक्सोट सहयोग गरेकोमा लामाको सहयोगी भावनालाई आफुहरुले कदर गर्ने कक्षा दशका विद्यार्थी सन्दिब जेठाराले बताए ।

हुम्ला जस्तो दुर्गम जिल्लाको विद्यालय र विद्यार्थीले अवसर पाउन कठिनाई भएता पनि लामा आफै हुम्ला पुगेर आफुले सहयोग गरेकाभन्दै विद्यार्थी सोनाम छिकी लामाले खुसि व्यक्त गर्नुभयो ।

व्यक्ति सहयोगले विद्यार्थीको मनोवल बढनुका साथै दुबै जना सहयोगी दातालाई प्रधानध्यापक शाहीले धन्यवाद समेत दिएका थिए ।
विद्यार्थीले सहयोगी उडगेन लामालाई विद्यालयमा टसि खादक,माला सहित स्वागत समेत गरेका थिए । आजैभएको पोशाक वितरण कार्यक्रममा विद्यार्थी, शिक्षक, वडा ६ अध्यक्ष जयचन्द्र रोकाया, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष नन्द रावत, सञ्चारकर्मी लगायतको उपस्थित रहेको थियो ।

छिमेकी राष्ट्र भारतमा अध्ययन गर्दै आएका उडगेन जिम्मेत लामालाई मानसरोवर माध्यामिक विद्यालयका विद्यार्थीले स्वागत गर्दे
तस्विर:दाने बोहरा

यहाँ कमेन्ट गर्नुहोस्