१६ चैत्र २०८०, शुक्रबार

हुम्लामा पहिलो पटक बहुविवाह अन्त्यका लागि प्रतिवद्धता जनाउँदै स्थानीय

Khabarsabaiko बिहिबार, साउन २३, २०७६

हुम्ला
हुम्लामा पहिलो पटक बहुविवाह न्युनिकरण गर्न स्थानियले प्रतिवद्धता जनाएका छन् । सर्केगाड गाउँपालिका वडा सात रोडिकोटका स्थानियले बहुविवहा न्युनिकरण गर्ने हस्ताक्षेर सहित प्रतिबधता जनाएका छन्। जिल्लाका ग्रामीण बस्तीमा बहुविबाह कायम रहेको अवस्थामा जिल्लाका सात गाउँपालिका र ४४ वडा मध्य पहिलो पटक रोडिका स्थानीयवासी, जनप्रतिनीधिहरुले हस्ताक्षर सहित बहुविवाह अन्त्य गर्ने जनाएका छन । वडा सातका जानमान,बुद्धिजिबी, स्थानीय राजनितीकदल, महिला कल्याण सेवा र किर्डाक प्रतिनिधका साथै वडाअध्यक्ष सहित करिब ५० जनाले बहुविवाह न्युनिकरण गर्ने प्रतिवद्दता जनाएको किर्डाक नेपालका कार्यक्रम संयोजक गोविन्द लामिनेछानेले जानकारी दिनुभयो ।

जिल्लामा बहुविबाहको आधिकारिक तथ्यांक नभए पनि ग्रामीण क्षेत्रमा झण्डै १० प्रतिशत बहुविवाह हुने गरेको सर्केगाड गाउँपालिकाले जनाएको छ । गाउँमा प्रत्येक वर्ष हुने विवाहमा बहुविवाह हुने गरेको त्यसका क्षेत्रका अगुवाहरूले बताएका हुन ।

हाम्रो समाजमा रहेको एउटा कुरीति बहुविवाहलाई निरुत्साहित गर्ने भन्दै त्यहाँका स्थानीयले एकताबद्ध जनाकाए छन । गत भदौदेखि लागु भएको देवानी संहितामा दोस्रो विवाह स्वतः बदर हुने व्यवस्था पनि गरिएको छ ।

पछिल्लो समय दुर्गम जिल्ला हुम्लामा बहुविवाहको सङ्ख्या केही मात्रमा घटेको पाईएको छ । राम्रो उद्देश्यका साथ बहुविवाहसम्बन्धी नयाँ कानुन ल्याइएको भए पनि घुमाउरो रूपमा महिला नै मारमा पर्ने देखिएको महिला अधिकारकर्मीहरुले बताउदै आएका छन । दुर्गम जिल्ला हुम्लामा “अहिले पनि धेरै महिलाहरू झुक्केर विवाह गर्ने अवस्था रोकिएको छैन । पुरुषहरूले झुक्याएर मेरो विवाह भएको छैन भनेर विवाह गर्ने चलन अझै पनि कायम नै रहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्