१५ चैत्र २०८०, बिहिबार

गोलभेडा बेच्दै बालबालिका

Khabarsabaiko आइतबार, साउन २६, २०७६

हुम्ला,  

शनिवार विदाको दिन सदरमुकाम सिमकोट आसपासका बालबालिका तरकारी विक्री गर्न आउने गरेका छन । स्कुलमा अध्ययन गर्ने स साना बालबालिका शनिबार विदाको दिन यो सिजनमा खुर्सानी, काक्रा, टमाटर ,लगायतका तरकारी विक्रि गर्न आउने गरेका छन ।

शनिवार खार्पुनाथ गाउँपालिका छिप्रा गाउँबाट स्कुल पढने बालबालिका टमाटर विक्री गर्न सदमुकाम सिमकोट पुगेका थिए । खेती गर्नमा आमाबुवा खटिएता पनि सदरमुकाम सिमकोट विक्री गर्न बढी जसो बालबालिका नै देखिने गरेका छन । खार्पुनाथ गाउँपालिका छिप्राबाट सात वर्षिय सोविता शाही र एघार वर्षिय विपना शाही शनिबार सदरमुकाम सिमकोटमा रहेको टिबेटेन होटलमा गोलभेडा टमाटर विक्री गर्न पुगेका थिए ।

दुबै जना छात्राले सानो छाप्रोमा आफुले सक्ने जति भारी गरेर प्रत्येक शनिवार सदरमुकाम सिमकोटमा तरकारी विक्री गर्न आउने गरेको विपना शाहीले बताईन । गाउँमा उत्पादन भएको गोलभेडा अर्गा्निक भएको हुँनाले सदरमुकाम सिमकोट पुग्दा यसको मुल्य प्रतिकेजी २०० मा विक्री गर्ने गरेको शाहीले बताईन ।

उनले भनिन विदाको दिन आफु कक्षा ६ मा अध्ययन गर्ने भएकाले कापी कलम लगायत स्टेशनरी सामाग्रीमा तरकारी विक्री केही सहज हुनेभएको बताईन । तरकारी विक्री गरेको पैसाले घरमा तेल, आफु लगायत भाईबहिनीलाई कापी कलम लिने गरेको शाहीले बताईन । आफु मेरो जस्तै गाउँबाट मेरा साथीहरु प्नि तरकारी विक्री गर्न सदरमुकाम सिमकोट आउने गरेका छन उनले भनिन ।

तरकारी विक्री गरेको पैसाले अलिकती भएपनि आमाबुवालाई खर्च गर्नमा सहजभएको उनले बताईन । तरकारी विक्री गरेको पैसा एक शनिवारमा करिब १५ देखि दुई हजार सम्म हुनेगरेता पनि सबै घर खर्चमा लगानी हुने गरेको उनले बताईन  ।

सदरमुकाम सिमकोटमका रहेको विभिन्न होटेलहरुमा तरकारी बोकेर बालबालिका पुगेका हुन्छ । सिमकोटमा रहेको कालिन्चोक, एर्पोट,तल्लो बजारमा रहेको धुपि रुख लगायतका सर्वसाधारण बढी आवतजावत गर्ने क्षेत्रमा शनिबार गाउँबाट तरकारी विक्री गर्न बालबालिकाको लाईन नै देखिने गरेको पाईन्छ ।

यस्तै सिमकोट गाउँपालिका अन्तरगत डाडाँफयाबाट पनि स्कुले बालबालिका शनिवारको मौका छोपेर तरकारी विक्री गर्न सिमकोट पुग्ने गर्दछन । जिल्लाका किसानहरुलाई गोलभेडा खेतीलाई प्रोत्साहन गर्न आर्कषण गर्ने हो भने निकै फाईदा हुने थियो ।

 

 

यहाँ कमेन्ट गर्नुहोस्