१६ चैत्र २०८०, शुक्रबार

चार दिन देखि सुत्केरी व्यथा लागेकी बुढाको हेलिकप्टर मार्फत उद्धार

Khabarsabaiko मंगलबार, साउन २८, २०७६

हुम्ला
हुम्लाको चंखेली गाउँपालिकाका एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । चंखेली गाउँपालिका वडा तीनका २२ वर्षिया अबकति बुढालाई चार दिन देखि सुत्केरी व्यथा लागेर बच्चा जन्माउन नसकेपछि उपचारको लागी जिल्ला अस्पताल हुम्लामा हेलिकप्टर मार्फत उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय हुम्लाले महिला मन्त्रालयमा समन्वय गरी सुत्केरी महिला बुढाको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी बिनिता भटटराईले जानकारी दिनुभयो । सुत्केरी बुढालाई मनाङ्ग एयरको हेलिकप्टर मार्फत मंगलबार उद्धार गरी जिल्ला अस्पताल हुम्लामा पुराएको छ भने हेलिकप्टरले भाडा एक लाख ६० हजार लिएको जानकारी प्राप्तभएको छ ।

बुढालाई चार दिन देखि सुत्केरी व्यथा लागेता पनि बच्चा पाउन नसकेको जानकारी पाउन साथ उद्धारमा हेलिकप्टर खटाईएको उहाँले जानकारी दिनुभयो ।

बुढालाई जिल्ला अस्पताल पुराए सँगै जिल्ला अस्पतालका डाक्टर सरो परजापति, सिनियर अनमी सरिता बोहरा लगायतको टिमले (भ्याकुम) औजार डेलिभरी गरिएको सिनियर अनमि सरिता बोहराले जानकारी दिनुभयो ।

२२ वर्षिय बुढाले तीन केजि सात सय ग्रामको छोरा जन्माउन सफल भएको अनमि बोहराले जानकारी दिनुभयो । अहिले आमा र छोरा दुबैको अवस्था राम्रो भएको उहाँले जानकारी दिनुभयो ।

चंखेली गाउँपालिका वडा तीनका २२ वर्षिया कत्ति बुढालाई चार दिन देखि सुत्केरी व्यथा लागेता पनि जिल्ला अस्पताल हुम्लाले सकुशल उद्धार गरेको छ । डेलिभरीपछि आमा र छोरा ।
तस्विर : जिल्ला अस्तालका अनमी सरिता बोहरा

यहाँ कमेन्ट गर्नुहोस्