१६ चैत्र २०८०, शुक्रबार

हाजिर नगरी तलब खान्छन्,स्थानीय तहका कर्मचारी

Khabarsabaiko आइतबार, भाद्र ०८, २०७६

हरेक दिन अर्काको काम गरेर आफ्नो ज्याला बुझने कामदारले पनि आफुले काम गरेको हाजिरी नगरि घर र्फकिदैनन् । साहुले समेत कामदार लाई भनेकै समय भन्दा बढि काममा लगाउँछन । तर हुम्लाका स्थानीय तहमा खटिएका कर्मचारी भने स्वयम् आफै हाजिर नै नगरी बर्ष भरिको तलम भत्ता एकै चोटि बुझेको खुलासा भएको छ । हुम्लाका अधिकाँस गाउँपालिकका कर्मचारीहरु हाजिर नै नगरी तलब खाने गरेका पाईएको छ ।

सर्केगाड गाउँपालिकामा खटिनु भएका नायब सुब्बा कमानसि धामी आर्थिक बर्ष २०७६ साल बैशाख महिना देखि अहिले सम्मको हाजिर नगरि सरकार बाट पाउने कर्मचारी सेवा सुविधा लगि सकेका छन् । साविका गा.वि.स. चलाएका नायब सुब्बा धामीले अहिले सम्म हाजिरी रजिष्टरमा भेटिदैन । गाउँपालिकामा कर्मचारी समेत नभेटिने अबस्थामा कार्यलय सहयोगिको भरमा छोडेका छन् । गाउँपालिकाकै कार्यन्वय पक्षमा जिम्मेवारी लिएका प्रमुख प्रसासकीय अधिकृत योग्य प्रसाद पाण्डे समेत हाजिरी रजिष्टरमा २०७६ सालकै २ वटा हाजिरी गर्ने पान छ । एउटामा २०७६ साल बैशाख महिना देखि असार महिना सम्मको हाजिर भेटिएको छ,भने रजिष्टरको अर्को पानमा हाजिर बैशाख देखि अहिले सम्म हाजिर गरेको छैन ।
सर्केगाड गाउँपालिका १ देखि ८ वडासम्म र गाउँपालिका कार्यलयमा विभिन्न पदमा कार्यरत स्थाई ४० जना कर्मचारी छन भने ४६ जान करार कर्मचारी भएको सर्केगाड गाउँपालिका कार्यलयको तथ्याङ्ककले देखाएको छ । सदरमुकाम सिमकोट बाट पैदल हिँडेर २ दिन लाग्छ । तर अधिकाँस कर्मचारी गाउँपालिका र वडामा बस्दैनन ।अधिकाँस कर्मचारी सदरमुका सिमकोट र शहरमा बढि देखिने गरेको दुल्लीका खम्पा थापाले बताउनु भयो । हाजिर त परै जाओस गाउँपालिकाले दिएको जिम्मेवारी पनि वडामा गएर पुरा गर्न सकिरहेका छैनन । बर्षको चार पटक मात्र गाउँपालिकामा जाने गरेको र अधिकाँस जिल्ला बाहिर बस्ने बर्षको दुई महिना मात्रै अनुहार देखाउन गाउँमा आउने गरेको गुनासो स्थानीयको छ ।
गाउँपालिकामा खटाएका कर्मचारी नै आफु खटिएको स्थानमा जानुपर्ने हरेक बाहान बनाएर गाउँमा जाँदैनन । ८० जना स्थाई र करार कर्मचारी मध्ये दर्जनौ कर्मचारीहरू अहिले पनि काम नै नगरी गाउँपालिकाबाट तलब र भत्ता बुझिरहेका देखिन्छ । कतिय कर्मचारी गाउँमै नगएर एकै पटक हाजिर गरि तलब खाँदै गरेको खुलासा भएको छ ।
हुम्लाकै साविकको गाविस कालिका निवासी खरिदार मेघनाथ शाहीको भने बैशाख महिना देखि अहिले गाउँपालिकाले कार्यलयमै राखिएको रजिष्टरमा हाजिरी छैन । तर खरिदार शाहीले नै एकै पटक हाजिर गरी तलब खाँदै गरेको खुलासा भएको हो । आफु गएको २०७५ सालको पुस महिना ९ गते सर्केगाड गाउँपालिकामा स.ले.पा.को पदमा भएर हाजिर गरेको र आधिकारी पुस २७ गते बाट प्रशासननिक लेखाकामा गरेको स.ले.पा. हिमाल रोकायाले बताउनु भयो । उहाँले भन्नु भयो सदरमुकमा सिमकोटमै सम्पर्क कार्यलय भएकोले कहिले सिमकोट त कहिले प्रदेश र संघमा धाउनु पर्ने बाध्यता भएकाले कर्मचारीको नियमित हाजिर नभएको बताउनु भयो ।
गाउँपालिका स्वाथ्य संयोजक सन्तोष धामीको पनि आर्थिक बर्ष २०७६ साल बैशाख महिनामा १७ दिन सम्म हाजिर गरेको देखिन्छ । गाउँपालिककै विभिन्न कामको लागि भन्दै स्वाथ्य संयोजक धामी काठमाण्डौमा हानिनु भयो । स्वाथ्य संयोजक भने आफ्नो स्वाथ्य शाखाको छुटै रजिष्टर भएकोले गाउँपालिकाको संयुक्तमा नगरेको बताउनु भयो । उहाँ ले भन्नु भयो आफनो शाखाको हाजिर सदरमुकाम सिमकोटमै रहेको सम्पर्क कार्यलयमा रजिष्टर भएको बताउनु हुन्छ । तर सिमकोटमा हाजिरी रजिष्टर नभई गाउँपालिका कार्यलयमै सबैको एउटै हाजिरी रजिष्टर भएको स.ले.पा रोकायाले जानकारी दिनु भयो ।
स्वाथ्य शाखाका अर्का सि.अहेब खार्पुनाथ १ निवासी धन बहादुर बोहराको भने बैशाख,जेष्ठ र असार १९ गते सम्म हाजिर गरेको देखिन्छ । नायब सुब्बा रविन्द्र शाहीको पनि २०७६ साल बैशाख महिनामा १० दिन मात्र हाजिर गरेको देखिन्छ । तर शाही जेष्ठ महिना देखि हाजिर गरेका छैनन भने असार महिना जिल्ला मालपोत कार्यलयमा सरुवा भएका छन् ।
अधिकाँस कार्यालयका कार्यलय सहयोगि देखि कार्यलय विभिन्न फाटका कर्मचारी समेत हाजिर रजिष्टरमा हाजिर गरेको देखिदैन । अधिकाँस वडा देखि गाउँपालिकामा कर्मचारी समेत नियमिति गाउँपालिकामा नभए पछि सेवाग्राहीलाई सेवा सुविधा दिन कठिनाई भएको एक कर्मचारीले आफ्नो नाम नवताउर्ने सर्तमा जानकारी गराउनु भयो । आयुर्वेद अष्पतालका कविराज तिलक जंग जनैदारको पनि बैशाख महिनाको मात्र हाजिर छ ।
महिला शाखा प्रमुख तेज कुमारी रेग्मीको पनि बैशाखा देखि अहिले सम्म हाजिर रजिष्टरमा हाजिरी गरेको भेटिदैन हाजिरी गर्ने पान नै खाली छ । तर गाउँपालिका उपाध्यक्ष जोशी धामी भने कर्मचारीहरु अनियमितता भएमा कार्वाही गर्ने बताउनु भयो । अहिले सम्म कर्मचारी जेजति छन सबै नियमिति छन तर गाउँपालिाको विभिन्न शाँखाको काम भएकोले बाहिर गएको हुन सक्ने बताउनु भयो । स्थानीय तहका जनप्रतिनिधिहरू भने कर्मचारी अभाव देखाउँदै आईरहेका छन्। सर्केगाड गाउँपालिकाका ८ वडामा रहेका पन्जधिकारमा सहि गर्ने स्थाई कोहि पनि कर्मचारी नभएको गाउँपालिका उपाध्यक्ष धामीले बताउनु हुन्छ । गाउँपालिका कर्मचारी जेजति भए पनि गाउँपालिकामा नियमिति देखिदैनन ।

भिडियो सहित हेर्नुहोस्…..

 

यहाँ कमेन्ट गर्नुहोस्