१५ चैत्र २०८०, बिहिबार

हुम्लामा नागरिक अगुवाको बैठक

Khabarsabaiko मंगलबार, भाद्र १०, २०७६

हुम्ला जिल्लामा नागिरक समाज सञ्जाल गठन गाउँपालिमा स्तरमा गर्ने भएको छ । जिल्लाको सदरमुकाम सिमिकोटमा बसेको नागरिक अगुवाको बैठकले गाउँपालिका स्तरमा पनि सञ्जाल गठन गर्ने निर्णाय भएको हो । बैठकमा २५ जना नागरिक अगुवाकाको सहभागिता रहेको थियाे । बैठक उधोग बाणिज्य संघका अध्यक्ष नामग्याल तमाङको अध्यक्षतामा बसेको थियो । जिल्लाको संगठित नागरिक समाज सञ्जालले, यो भन्दा पहिला शिक्षा, स्वास्थ्य र खाद्यन्नको सवालका विषयलाई लिएर सम्वन्धित सरोकारवाल निकाया समक्ष पहल गर्दै आएको थियो ।

नागरिक समाजका अगुवा व्यक्तिहरुको उपस्थितीमा सो बैठक अवदेखि दुर्इ महिनाको एक पटक बस्ने निर्णय गरेका छन् ।  बैठकले हुम्ला जिल्लाका सात वटै गाउँपालिकामा सात वटा सञ्जाल बनाई, गाउँपालिकामा रहेका स्थािनयकाे समस्या, चुनौतीका विषयलाई समाधान गर्नका लागि पहल गर्ने निर्णय गरेकाे छ । सो बैठकमा जिल्लामा रहेका होस्टेलमा बस्ने विद्यार्थीहरुको खाद्यन्नका बारेमा थप पहल गर्ने निर्णय गरिएको छ । विद्यार्थीहरुलाई  पाँच किलाे चामल अपुगहुने हुँदा खाद्यन्न थपका लागि  खाद्य समिति लाई ध्यानार्कषण पत्र पेश गर्ने छिटुप लामाले बताए ।

नागरिक समाजका अगुवा बसेको बैठकले जिल्ला भरिमा उत्पन्न भएका समस्याको विषयलाई पुनः उठान गरि समाधानका लागि सम्वन्धित निकायमा पहल गर्ने बताए । बैठकले आधार नेपाललाई नाम्खा, पत्रकार महासंघलाई सिमकोट, महिला कल्याण सेवा लाई सर्केगाड, हेड नेपाललाई ताँजाकोट र अदानचुलि गउँपालिकामा साथै सामुदायीक विकास कार्यक्रम (सिडीपि) लाई चंखेलि गाउँपालिकामा नागरिक समाज गठन गर्ने जिम्मा दिएकाे छ।

यहाँ कमेन्ट गर्नुहोस्