१६ चैत्र २०८०, शुक्रबार

बागेश्वरी आधारभुत विद्यालयको ३९ औ बार्षिक उत्सव  सम्पन्न

Khabarsabaiko मंगलबार, भाद्र १०, २०७६

बागेश्वरी आधारभुत विद्यालयको ३९ औ बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । खार्पुनाथ गाउँपालिका वडानं ५को ताक्ला गाउँमा रहेको बागेश्वरी आधारभुत विद्यालयको बार्षिक उत्सव तथा अभिभावक दिवस समारोह विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि खार्पुनाथ गाउँपालिाका वडानं ५ का अध्यक्ष भिमराज शाहीले यस क्षेत्रको शैक्षिक विकासमा यो विद्यालयले खेलेको भूमिका बारेमा महत्वपुर्ण रहेको बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गणेश बहादुर शाहीले विद्यालयको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन सार्वजनिक गर्नु भयो ।
कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो । विद्यार्थीहरुले साँस्कृतिक प्रस्तुती समेत राखेका थिए । कार्यक्रम बिद्यालय ब्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष गोरख भण्डारको अध्यक्षतामा सम्पन्न भएको ताक्लाबाट प्रदिप सुनारले जानकारी गराउनु भयो । विद्यालयलाई विभिन्न क्षेत्र बाट सहयोग गर्ने सहयोगिदता, अभिभावक, शिक्षकलाई सम्मानका साथै विद्यालयका बिभिन्न अक्तिरिक्त क्रियाकलाप र खेलकुदमा प्रथम, दृतिय र तिृतिय स्थान हुने विद्यार्थिलाई पुरस्कार समेत वितरण गरीएको जानकारी प्राप्तभएको छ

यहाँ कमेन्ट गर्नुहोस्