१५ चैत्र २०८०, बिहिबार

छयाँङ्गी स्वास्थ्य इकाई लाई जग्गा निशुल्क प्रदान

Khabarsabaiko मंगलबार, भाद्र १०, २०७६

सर्केगाड गाउँपालिका वडानं ६ छयाँङ्गीका झुल बहादुर शाहीले ३ सय वर्ग मिटर स्वास्थ्य इकाई लाई जग्गा निशुल्क प्रदान गर्नु भएको छ । सर्केगाड गाउँपालिकामा रहेको स्वाथ्य चौकीमा सामान्य उपचारको लागि तिन घण्टा हिडेर जानु पर्ने बाध्यता लाई अन्तय गर्दै बयबृद्धा जेष्ठ नागरिक शाहीले स्वाथ्य ईकाइ लाई निशुल्क जग्गा दान गर्नु भएको स्वाथ्य ईकाईका अध्यक्ष पदम बहादुर शाहीले बताउनु भयो । जग्गा दान भई सके पछि कर्णाली प्रदेश सामाजिक मन्त्रालय बाट २५ लाख आर्थिक सहयोग बाट तिन कोठा र एक शौचालय निमार्ण सम्पन्न भएको अध्यक्ष शाहीले बताउनु भयो ।सर्केगाढ गाउँपालिका वडानं ६ छयाँङ्गी गाउँका १ सय ३० घरधुरी निवासीहरु विरामी भएमा ३ घण्टा पैदल हिंडरेर बराई स्वाथ्य चौकीमा उपचार गर्न बाध्यता भएको बताए ।
बयवृद्धा जेष्ठ नागरिक शाहीले १५ लाख मूल्य पर्ने ३ सय बर्गमिटर जग्गादान गरी छयाँङ्गी स्वाथ्य ईकाइका नामा रजिष्ट्रेशन पास गरी दिएका छन् ।मानव जीवनका लागि स्वास्थ्य सेवामा महत्वपूर्ण सहयोग हुने भन्दै जेष्ठ नागरिक शाहीले अमूल्य जग्गादान गरेको स्वास्थ्य इकाई कार्यलय श्रोतले जानकारी गराएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्