१६ चैत्र २०८०, शुक्रबार

बुराउँसेगाउँमा आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन

Khabarsabaiko मंगलबार, भाद्र १०, २०७६

सिमकोट गाउँपालिका वडानं ४मा औपचारिकरुपमा आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन आएको छ । जिल्ला समन्वय समितिका प्रमुख दान बहादुर रावतल स्वाथ्य केन्द्रको रिबन काटेर काटेर आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन गरेका हुन् । उद्घाटन सत्रमा नेकपा केन्द्रिय सदस्य विजय भण्डारी, स्थानिय जनप्रतिनिधीहरु गाउँपालिका प्रमुखप्रशासकिय अधिकृत अर्जुन दर्जी लगायतका , स्वास्थ्य स्वयंसेविकाहरु, सिमकोट स्वाथ्य याजक धुव्र सिह ,र राजनीतिककर्मीहरुको उपस्थिती रहेको थियो । वडाअध्यक्ष लामाको अभ्यक्षतमा भएको आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले आबश्यक समय र ठाउँमा स्वास्थ्य केन्द्र सन्चालन हुन लागेको कुराले आपूmहरु निकै खुशी भएको धारणा राखेका थिए । जनतालाई स्वास्थ्य सहज र शुलभ किसिमले प्रदान गर्नका लागि वडा नम्बर ४को बुराउँसेमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेको ४ तीनका अध्यक्ष छविचन्द्र लामाले जानकारी दिनुभयो । जनताको घरदैलोमै स्वास्थ्य सेवा पुगेको र अब प्रभाकारी सेवा प्रदानका लागि आफू लाग्ने अध्यक्ष लामाले बताए । केन्द्रको उद्घाटन कार्यक्रममा पालिकाका प्रतिनिधि,सरकारी कार्यालयका प्रमुख स्थानिय लगायतको उपस्थित रहेको जानकारी प्राप्तभएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्