१६ चैत्र २०८०, शुक्रबार

मापदण्ड विपरीत सडक निर्माण,रोजीरोटी खोसेको स्थानीयको आरोप

Khabarsabaiko बिहिबार, भाद्र १२, २०७६

हुम्ला,
हुम्लाको सदरमुकाम सिमकोटमै रहेको सिमकोट गाउँपालिकाले अहिले आफना सबै वडामा सडक विस्तारको काम लाई पहिलो प्रथामिकता दिईरहेको छ । यस बर्ष सिमकोट वडा नं. २ देखि ४ सम्म सडकको ट्रयाक ओपनिङ्ग काम भईरहेको छ ।

सदरमुकाम सिमकोट देखि वडा दुई ठेहे सम्ममा ट्रयाक ओपनिङ्गभए सँगै ठेहेमा गाडि पुगेको छ । सिमकोट गाउँपालिकाले आफ्ना सबै वडामा गाडि पुराउने लक्ष्य लिएता पनि मापदण्ड बिपरीत ट्रयाक खुल्दा स्थानीयले लगाएको बालीनालीमा असर पुगेको छ । ट्रयाक ओपनिङ्ग गरी सडक निर्माण गर्ने जिम्बा लिएका ठेकेदारको मनपरी, सिमकोट गाउँपालिकाको लापारबाहि र मापदण्ड विपरीत सडक निर्माण हुँदा स्थानीयले समस्या भोग्नुपरेको छ ।

वडा दुई ठेहेमा ट्रयाक ओपनिङ्गको काम सम्पन्न भई गाउँमा गाडि पुगेता पनि मापदण्ड विपरीत ट्रयाक खुल्दा स्थानीयले लगायको अन्नवाली घर भित्रयाउन लागेको कोदो, चिनो, फापरको फलमा असरपुग्दा सिमकोट गाउँपालिकाले रोजिरोटि खोसेको स्थानीय हेमन्त बोहराले गुनासो गरेका छन ।

सधै खाद्ययन्नको अभावमा पिल्सीयका सदरमुकामवासीलाई सिमकोट गाउँपालिकाले आफ्ना सबै वडामा सडक पुराउने नाउमा आफ्ना अर्का छुटाएर मापदण्ड विपरीत सडक निर्माण गरेको आरोप वडा दुई निवासी महेन्द्र बोहराले गुनासो गरेका छन ।

सिमकोट गाउँपालिकाले पहिलोपटक ट्रयाक खोल्ने सर्बे गरेता पनि पछि गएर नयाँ ईन्जिनियरले भनसुनको आधारमा सर्बेगरेको पाईएको छ ।
गुडनेभए सँगै ठेहे देखि सिमकोट सम्मको गोरेटो बाटोमा ट्रयाक खोलेको पाईएको हो ।

यसरी मापदण्ड विपरीत ट्रयाक ओपनिङ्ग हुँदा वडा दुई ठेहेका स्थानीय कर्ण बोहरा, गोकुल बोहरा,बलरुप बोहरा सहित नौ वटा घरधुरीको जग्गामा ठुलो क्षेति पुगेको राजबहादुर बोहराले गुनासो गरेका छन ।

आफुहरुको खाने जिउने जग्गा नै गाउँ नजिकको भएकाले सबै जग्गामा रोड बनाई दिएपछि अब के गर्ने भन्नेमा चिन्ता व्यक्त गरेका छन ।
ट्रयाक ओपनिङ्गमा पनि वडा दुईका अध्यक्ष नर भण्डारीले मापदण्ड विपरीत ट्रयाक ओपनिङ्ग गर्ने काममा साथ दिएको त्यहाँका स्थानीयले आरोप लगाएका छन ।

यस्तै गएको बर्षमा सिमकोट गाउँपालिका कै वडा ७ को डाँडाफया गाउँमा आन्तरिक सडक खन्ने काम सडक को मापदण्ड अनुसार नभएको स्थानीय बासिदाले गुनासो गरेका छन ।

गएको आर्थिक बर्ष सिमकोट गाउँपालिकाले आफनो लक्ष्य अनुसार सडकको ट्रयाक सन्तोषजनक नखुलाएको पाईएको छ । तर प्राविधीकको लापर्वाबाही र ठैककेदारको मनपरिले सडकको मापदण्ड अनुसार सडक निमार्ण हुन नसेको खुलासा भएको छ ।

उता सिमकोट गाउँपालिकाका प्रमुख प्रसाकिय अधिकृत अर्जुन दर्जि भने सिमकोटमा सञ्चालन भएका सडक सन्तोषजनक भएको दावी गर्नु भएको छ । ट्रयाक ओपनिङ्ग गर्नुभन्दा अगाडि ईन्जिनियरले सर्बे गरेको सडकमा सडक निर्माण गर्ने क्रममा तलमाथिका जग्गामा असर पुगेको अधिकृत दर्जिले स्वीकार गरेका छन ।

यहाँ कमेन्ट गर्नुहोस्