१५ चैत्र २०८०, बिहिबार

मुचुगाउँमा टिपर दुर्घटना,चालक घाईते

Khabarsabaiko बिहिबार, भाद्र १२, २०७६

अर्जुन बोहरा हुम्ला

हुम्लाको उतरी नाम्खा गाउँपालिका वडानं ५ मुचु गाउँको पानीपाल्बाङ्गमा  टिपर दुर्घटना हुदाँ चालक सहित तिन जना घाईते भएका छन् । हिल्सा बाट याल्वाङ्ग  आउँदै  गरेको  जादैँ गरेको  बाँ २ क ३७०५ टिप बुधबार साँझ ५ बजे पालवाङ्गमा  दुर्घटना भएको हो । दुर्घटनामा परि चालक राकेश विसी,सहचालक लोकेन्द्र विसी, नाम नखुलेको एक जना गरि तिन जना घाईते भएका हुन् ।

घाइतेहरुको स्थानिय स्वाथ्य चौकीमा  उपचार भईरहेको छ । घाईते मध्ये चालक लाई हडीमा र हातमा चोट लागेको छ भने अन्य दुई जना सामान्य अबस्था  रहेको जिल्ला प्रहरी कार्यलय हुम्लाका प्रहरी नायव उपरिक्षक रामप्रसाद घिर्तमगरले बताउनु भयो । घाईते हुनेमा पोखरा उपमहानगरपालिका काँसी जिल्लाका २६ बर्षिय चालक रोकश विसी, लोकेन्द्र विसी र अन्य नाम नखुलेका १ जना सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यलय हुम्लाका प्रहरी नायव उपरिक्षक जानकारी दिनु भयो । टिपर गुडीरहेको अबस्था एकासी व्रेक फेल भएपछि कच्ची सडकको भित्तामा ठोकीएर ट्रिपर पछाडी हट्दा दुर्घटना भएको बताइएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्