१६ चैत्र २०८०, शुक्रबार

सदरमुकाम सहित दुईवटा गाउँपालिका अन्धकारमा

Khabarsabaiko शुक्रबार, भाद्र २०, २०७६

मन्दिर सिह
दुर्गम जिल्ला हुम्लाका सिमकोट गाउँपालिका र खार्पुनाथ गाउँपालिकाका करिब १८ सय घरधुरी लाई सेवा दिदै आएको हेल्दुम वितरण केन्द्र शुक्रबारबाट बन्द भएको छ । हेल्दुम वितरण केन्द्र हुम्लाले सेवाग्राहीमा एक सुचना जारी गर्दै विद्युत पुननिर्माण गर्ने भन्दै शुक्रबार दिउँसो साढे तीन बजेबाट २० दिनका लागी विद्युत बन्द गरेको छ । हेन्दुम वितरण केन्द्र हुम्ला अन्तर्गत रहेको पेन स्टक पाईप बदली , नहर मर्मत कार्य गर्ने भएकाले शुक्रबार भाद्र २० गतेबाट विद्युत सेवा पुननिर्माण हुँदा सम्म बन्द गरिएको वितरण केन्द्रका प्रमुख लाल बहादुर लम्सालले जानकारी दिनुभयो । हेल्दुम वितरण केन्द्रले अनुमानीत २० दिन सम्मका लागी आफ्नो सेवा बन्द गर्न लागेको जानकारी दिएको छ । जिल्लाका दुईवटा गाउँपालिकाका सेवाग्राहीलाई सेवा दिदै आएता पनि अब भने पुरानै सल्लाहको दियालो बालेर अन्धकारमा बस्नुपरेको स्थानीयले गुनासो गरेका छन । हिल्दुम साना जलविद्युत आयोजनाको पावर हाउसमा रहेका सामाग्री करिब १५ वर्ष देखि काम चलाईदै आएका सामानको नयाँ सामाग्री जडान गरिनेभएको छ । 
सदरमुकाम सिमकोटमा रहेको हिल्दुम साना जलविद्युत आयोजना र हिल्दुम वितरण केन्द्रको चरम लापरवाहीका कारण गएको सेवाग्राहीले सास्ती खेप्दै आउनुपरेको छ ।
बिजुली बन्द भएपछि उपभोक्ता मारमा पर्नेभएका छन । शुक्रबारबाट विद्युत अवरुद्ध हुँदा सदरमुकामसहित सिमकोट र खार्पनाथ गाउँपालिकाका स्थानीय अन्धकारमा बस्न बाध्य छन् । हिल्दम साना जलविद्युत आयोजनाको पावरहाउमा रहेको पेन स्टक पाईप बदली र नहर मर्मत गर्नेभएकाले विद्युत आपूर्ति बन्द भएको हो । यसअघि दैनिक ८ घण्टासम्म लोडसेडिङ गर्दै आएको विद्युत बिस दिन सम्म पूर्ण रुपमा बन्द हुने हुँदा उपभोक्ता अन्यौलमा छन् ।
केही वर्ष अघिदेखि फुटेको पाइप ठाउँठाउँमा वेल्डीङ गरेर काम चलाउँदै आइएको थियो । आयोजना प्रमुख र वितरण केन्द्र प्रमुखको लापरवाहीका कारण विद्युत आयोजना समयमै मर्मत नहुँदा उपभोक्ता मारमा परेका हुन् । ५ सय किलोवाट उत्पादन क्षमता भएको हिन्दम जलविद्युत आयोजनामा अहिले २५० किलोवाट मात्र विद्युत उत्पादन हुँदै आएको प्राविधिक बताउँछन् ।
२ सय ५० किलोवाट क्षमताका दुईवटा मेशिनमध्ये एउटा मेशिन बिग्रिएको एक वर्ष पुग्दा समेत मर्मत गरिएको छैन । वितरण केन्द्रले पहिलादेखि नै यस्तै लापरवाही गर्दै आएको उपभोक्ताहरु बताउँछन् ।
विद्युत सप्लाई शुक्रबारबाट बन्द हुँदा सिमकोटमा रहेका दुई वटा एफएम रेडियोको प्रसारण प्रभावित हुनुको साथै सरकारी तथा गैरसरकारी कार्यालयका दैनिक कामकाजमा समेत प्रभाव पर्नेभएको छ । २० दिन सम्म विद्युत आपुर्ति नहुनेभएपछि सदरमुकाम सिमकोटमा सञ्चालीत रेडियोहरुले आफ्ना प्रशारण अवधी समेत घटाएका छन ।
ठेक्का प्रणालीबाट निर्माण गरिएको हिल्दुम साना जलविद्युत आयोजनाको चाइनिज कम्पनीसँग २०५८ पुसमा ठेक्का सम्झौता भएको थियो भने २०६५ साल जेठ १४ गतेबाट आयोजना सञ्चालनमा आएको थियो ।
करिब २० दिन विद्युत बन्द हुँदा जिल्लामा सञ्चालीत सरकारी तथा गैसरकारी कार्यालय लगायत उद्योग,पसल व्यवसायलाई भने निकै समस्या हुनेभएको छ । वर्षेनी टालो टाल्दै आएको विद्युत पुननिर्माण भएमा केही सेवाग्राहीलाई भने केही सहज हुने भएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्