१५ चैत्र २०८०, बिहिबार

केर्मि गाउँमा आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन

Khabarsabaiko सोमबार, भाद्र २३, २०७६

अर्जुन बोहरा सिमकोट हुम्ला
हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर २ केर्मि गाउँमा औपचारिकरुपमा आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन भएको छ ।
वडा नंबर २ का वडाअध्यक्ष दाब्ला लामको अध्यक्षतमा र गाउँपाकिला अध्यक्ष बिष्णु बहादु्र लामाले मंगलबार मैनबत्ती बाल्नुकासाथै रिबन काटेर आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन गरेका हुन् ।
उद्घाटन सत्रमा स्थानिय जनप्रतिनिधीहरुमा अध्यक्ष विष्ण बहादुर लामा,वढाअध्यक्ष दाब्ला लामा।स्वाथ्य संयोजक नर बहादुर भयडारी लगायको िस्थानिय स्वास्थ्य स्वयंसेविकाहरु, सामाजिक संघ–संस्थाका प्रतिनिधीहरु र राजनीतिककर्मीहरुको उपस्थिती रहेको थियो । गाउँपाकिला अध्यक्ष लामाको प्रमुख आतिथ्यमा भएको आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले आबश्यक समय र ठाउँमा स्वास्थ्य केन्द्र सन्चालन हुन लागेको कुराले आपूmहरु निकै खुशी भएको धारणा राखेका थिए ।
नयाँ आधरभुत स्वाथ्य केन्द्रका अहेव खेमराज शाही र अनमि सन्जु रावल लाई नियमिति कामामा खटाएको स्वाथ्य संयोजक नरबहादुर भण्डारीले बताउनु भयो । स्वाथ्य चौकीमा उपचार गर्न जान एक दुई दिन लाग्ने भएको अबस्थामा विभिन्न गैरसकारी संस्थाहरुले स्वाथ्य क्लिनीक संचान गरेका थिए । लामो समय देखि केर्मि गाउँमा स्वाथ्य क्षेत्रमा काम गर्दे आईरहेका नेपाल ट्रस,आधार नेपाल,सिप नेपाल,सवान नेपाल,लगायतका संस्थाहरुले गरेको योगदानको प्रसंसा गरेका छन । आजै उद्दघाटन पछि नाम्खा गाउँपालिका अध्यक्ष विष्णु बहादुर लामाले आफनो स्वाथ्य उपचार गरेर उद्दघाटन गर्नु भयोको खबर प्राप्त भएको छ। त्यसैगरी रोग लाग्नु भन्दा पहिल्यै यसको रोकथाम गर्ने नीति अनुसार वडाबासीहरुले घर–आगनमै आधारभूत स्वास्थ्य सेवा पाउन सक्ने सुुविधा स्वास्थ्य केन्द्रले दिने कुरामा आपूmहरु विश्वस्त रहेको कुरा मन्तब्यका क्रममा वक्ताहरुले राखेका छन । आधारभूत स्वास्थ्य केन्द्रको उद्दघाटन सत्रमा वडा अध्यक्ष लामाले स्वास्थ्य केन्द्रलाई आवश्यक पर्ने सहयोगका लागि आफनो निकायबाट भरपुर सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । स्थानिय आप्mनै गाउँ टोलमा आधारभूत स्वास्थ्य सेवा पाइने भएपछि कार्यक्रममा उपस्थित वडाका सर्वसाधारणहरुले आपूmहरु निकै खुसी भएको प्रतिक्रिया दिएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्