१६ चैत्र २०८०, शुक्रबार

नेपाल र चीनबीच तीन वटा बुँद्धामा सम्झौता

Khabarsabaiko मंगलबार, भाद्र २४, २०७६

खबरसबैको संवादाता
हिजो काठमाडौँमा भएको दुईपक्षीय सहमतिसँगै चीनले नेपाललाई गर्ने सहयोगको क्षेत्र विस्तार गरेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा ३ वटा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । दुई पक्षीय उच्चस्तरीय वार्तामा चिनियाँ विदेशमन्त्री यी र नेपाली सकमक्षी प्रदीप ज्ञवालीको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो। सम्झौताअनुसार मनाङमा करिब ३५ करोड रुपैयाँको लागतमा चीनले अस्पताल बनाइदिने छ भने आपतकालीन राहतका लागि ५ हजार टेन्ट पनि नेपाललाई उपलब्ध गराउने छ । दुबै सम्झौतामा अर्थसचिव र चाइना डेभलोपमेन्ट कोअपरेशनका उपाध्यक्षले हस्ताक्षर गरे । चिनियाँ स्वयंसेवक शिक्षक नेपाल आउने बारेमा भएको सम्झौतामा नेपालको तर्फबाट शिक्षा सचिवले हस्ताक्षर गरेका छन् । चिनियाँ विदेश मन्त्री वाङ करिब ५ वर्ष अघि पनि नेपाल आउँदा नेपाल–चीन परराष्ट्रमन्त्री स्तरीय बैठकमा नेपाललाई सहयोग गर्ने ९ वटा क्षेत्र चीनले निर्धारण गरेको थियो । ती क्षेत्रमा हुननसकेको अपेक्षाकृत प्रगति र आजको सम्झौतालाई कसरी हेर्न सकिन्छ ? जवाफमा पराराष्ट्र मामिलाका जानकार हिरन्नेलाल श्रेष्ठले भन्नुभयो, ‘यसपाली नयाँ सहमति भयो, पुरानो कुरा पनि कार्यान्वयनमा लैजाने भन्ने कुरा नै सहमति भएको छ । यसबाट विगतका सहमति कार्यान्वयनमा जान्छ भन्ने लागेको छ ।’ चिनिया राष्ट्रपतिको नेपाल भ्रमणको पूर्व तयारीको रूपमा पनि विदेश मन्त्रीको नेपाल भ्रमणलाई लिन सकिने उहाँको भनाइ छ । चीनका सुरक्षाकर्मी पनि नेपाल आएर फर्केको बताउँदै उहाँले राजनीतिक तवरमा भइरहेका छलफल र भेटघाटले नेपालका राष्ट्रपतिको निमन्त्रणामा चिनियाँ समकक्षीको भ्रमण निश्चित जस्तै भएको धारणा राख्नुभयो । नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनले चीन भ्रमण गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट राष्ट्रपति सी जीङ पिङलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको थियो । चीनले नेपाललाई सहयोग गर्न निर्धारण गरेका ९ क्षेत्रमा व्यापार, लगानी, कृषी, पूर्वाधार विकास, विज्ञान तथा प्रविधि, कनेक्टेभिटि, पर्यटन, सुरक्षा तथा कानुन कार्यन्वयन र सांस्कृतिक आदानप्रदान रहेका थिए ।
नेपाल भ्रमणमा रहनुभएका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग हिजो भेटवार्ता गर्नुभएको छ । नेपाली समकक्षी प्रदीप ज्ञवाली नेतृत्वको टोलीसँग उच्चस्तरीय वार्ता गरेलगतै यी बालुवाटार पुग्नुभएको थियो । भेटपछि प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराईले दिएको जानकारी अनुसार नेपाल चीन सम्बन्धलाई अझ उचाइमा पुर्याउन आफू प्रतिवद्ध रहेको प्रधानमन्त्री ओलीले बताउनुभएको छ । प्रधानमन्त्री ओलीले आफ्नो विगतको चीन भ्रमणको स्मरण गर्दै त्यसबेला भएका सहमती कार्यन्वयन गर्दै सम्बन्धलाई अझ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ । ‘हामी विगतका सहमति अनुसार अघि बढेर जान चाहन्छौँ र तपाईँको यो भ्रमणले पनि त्यसतर्फ अघि बढ्नलाई प्रेरित गर्नेछ भन्ने विश्वास छ ।” भेटमा प्रधानमन्त्रीले भनेको कुरा उधृत गर्दै डा भट्टराईले भन्नुभयो “दुई पक्षीय सम्बन्धका विभिन्न पक्षहरु छन् । शैक्षिक, सामाजिक क्षेत्र होस, चाहे पूर्वाधार विकासको क्षेत्र होस यी सहयोगका सबै क्षेत्रलाई बिस्तार गर्ने र चीनले नेपाललाई महत्वका साथ हेरेको छ र महत्वका साथ अगाडि बढाउने कुरा जुन गरेको छ त्यसमा नेपाल खुशी व्यक्त गर्दछ । ” प्रधानमन्त्री ओलीले नेपाल एक चाइना नीतिको पक्षमा रहेको स्पष्ट पार्दै चीनबाट उच्चस्तरीय भ्रमण चाँडोहोस भन्ने नेपालले चाहेकोमा जोड दिनुभयो । जवाफमा विदेशमन्त्री यीले त्यसको तयारी भइरहेकोले यो अपेक्षा चाँडै पूरा हुने बताउनुभएको छ । “चीनबाट उच्च स्तरीय भ्रमणको तयारी हुदैछ । त्यो भ्रमण उपयुक्त समयमा हुने नै छ ” विदेश मन्त्री यीको भनाइ उधृत गर्दै डा.भट्टराईले भन्नुभयो । प्रधानमन्त्री ओलीलाई चिनीयाँ राष्ट्रपति सी जीङ पिङ र प्रधानमन्त्री लि खच्याङले सुस्वास्थ्यको लागि पठाएको शुभकामना विदेशमन्त्री यीले सुनाउनु भएको थियो । यो सदासयताका लागि प्रधानमन्त्री ओलीले धन्यवाद व्यक्त गर्नुभएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्