१५ चैत्र २०८०, बिहिबार

वार्षिक एक अर्ब बराबरको रुपायाँ पेट्रोलियम पदार्थ आयातमा जोगिने ।।

Khabarsabaiko मंगलबार, भाद्र २४, २०७६

पेट्रोलियम पदार्थको आयातका लागि वार्षिक खर्च हुँदै आएको नेपाल सरकारको करिब एक अर्ब रुपैयाँ आजबाट जोगिने भएको छ । नेपाल आयल निगमको आर्थिक विभागले गरेको सर्वेक्षणका अनुसार नेपालबाट करिब ३ सय किलोमिटरको दुरी पार गरी भारतबाट ट्याङ्करमा पेट्रोलियम पदार्थको ढुवानी गर्दा भाडामा मात्र करोडौँ रुपैयाँ खर्च हुने गरेको छ । नवनिर्मित मोतिहारी अमलेखञ्ज पेट्रेलियम पाईपलाईन आजबाट उद्घाटन गरी नियमित ईन्धन आउने भएसँगै ढुवानी भाडा जोगिने छ भने वातावरण प्रदुषण, ट्रापिक जामको समस्या पनि समाधान हुने भएको छ । ढुवानीका क्रममा पेट्रोलियम पदार्थको चोरी, तस्करीका घटना पनि अब सधैँका लागि बन्द हुने नेपाल आयल निगम अमलेखगञ्ज डिपोका प्रमुख प्रदिप यादवले सीआईएनसँग बताउनुभयो । भारतको पटनाबाट मोतिहारी हुँदै नेपालको अमलेखगञ्जसम्म कुल २ सय ५९ दशमलव ७ किलोमिटर मध्ये नवनिर्मित मोतिहारीदेखि अमलेखगञ्जसम्मको ६९.७ किलोमिटर पाईपबाट पहिलो चरणमा ३१ लाख लिटर डिजल पठाएर गत साउन ३ गते परीक्षण गरिएको थियो । पाईपलाईनलाई नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरवार र भारतीय समकक्षी नरेन्द्र मोदीले हैदरावादबाट उच्च प्रविधिमार्फत आज मध्यान्ह् १२ बजे उद्घाटन गर्ने तयारी गरिएको प्रमुख यादवले जानकारी दिनुभयो । पाइपलाइन निर्माणको शिलन्यास पनि दुवै मुलुकका प्रधानमन्त्रीबाट गरिएको थियो । पाइपलाइनबाट दैनिक ३० हजार किलोलिटर इन्धन भित्र्याउन सकिने निगमले जनाएको छ

यहाँ कमेन्ट गर्नुहोस्