१५ चैत्र २०८०, बिहिबार

सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन पढाई शिविर

Khabarsabaiko शनिबार, भाद्र २८, २०७६

खलङ्गा, जुम्ला
जुम्लाको पातारासी गाउँपालिका र तातोपानी गाउँपालिकामा यहाँका सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन पढाई शिविर संञ्चालनमा आएका छन् । वल्डभिजन नेपालको आर्थिक सहयोग तथा किर्डाक नेपाल,जुम्लाको समन्वयमा यहाँका दुई गाउँपालिका भित्रका आधारभुत विद्यालयमा पढाई शिविर संचालनमा आएपछि विद्यालयमा विद्यार्थीको आकर्षण बढेको पातारासी गाउँपालिको गौरी आधारभूत विद्यलायका शिक्षक रतन परियारले बताउनुभयो ।

विद्यालयमा विद्यार्थीको संख्या प्रतिदिन घट्दै क्रममा थियो विद्यालयमा शनिबार पनि पढाई शिविर संचालनमा आएपछि विद्यालयमा चाहिने शौचालय देखि खानेपानीको राम्रो व्यवस्था भएको गौरी आधारभुत विद्यालय कक्षा ४ मा अध्यनरत छात्रा रोशनी महाताराले बताउनुभयो ।

सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन शिक्षक देखी यहाँका स्थानीय सरकारको काम भएतापनि किर्डाक नेपाल जुम्लाले विद्यालयमा विद्यार्थि ताम्ने पढाई शिविर देखी कक्षाकोठा बाल कथा र विद्यालयमा सफा स्वाच्छा खानेपानी र भुम्कप बाट कसरी बच्न सकिन्छ जस्ता किर्डाक नेपालले विद्यालयमा काम गरेका प्रअ बुढाले बताउनुभयो ।

जु्म्लाका सामुदायिक विद्यलायका विद्यार्थी नहुदा विद्यलाय नै बन्द हुने अवस्थामा पुगेका यहाँका सामुदायिक विद्यलायमा विद्यार्थीको संख्या बढाउने सबै विद्यलायमा पढाई शिविर संचालनमा ल्याउनु पर्ने जिल्ला समन्वय उप्रमुख कार्मा बुढाले बताउनुभयो । गाउँमा स्थानीय सरकार आएपछि शिक्षा लाई गुणस्तरीय प्रदान गर्न राज्यले सबै अधिकारी स्थानीय सरकार लाई जिम्मा दिएकाले यहाँका स्थानीय सरकारले शिक्षामा योजना बनाई धैरै बजेट पारित गरी सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढाउने स्थानीय सरकारको काम भएको उपप्रमुख बुढाले बताउनुभयो ।

गाउँपालिका भित्रका सामुदायिक विद्यालय लाई एकरुपता ल्याउन विद्यालय समायोजन गर्न गाउँपालिका लागि परको पातारासी गाउँपालिका उपअध्यक्ष पुन्नकली महाताराले बताउनुभयो । विद्यालयमा चाहिने स्रोत साधान दखि विद्यालयमा पढाई शिविर संचालन ल्याएकोमा किर्डाक नेपाल जुम्लाले नमूना काम गरेको उपअध्यक्ष बुढाले बताउनुभयो ।

किर्डाक जुम्लाका कार्यक्रम संयोजक दिपकराज रावतले शिक्षा क्षेत्र लाई गुणस्तरीय बनाई यहाँका साना नानाीबाबुहरु लाई पढाई प्रति आकर्षण गर्न पढाई शिविरले राम्रो सन्देश र्फैलाएको बताउनुभयो । जुम्लाको दुई पालिका भित्रका सामुदायिक विद्यायलका विद्यार्थि लाई विद्यालयमा ल्याउने किर्डाक नेपाल जुम्ला लागि परको बताउनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्