१६ चैत्र २०८०, शुक्रबार

विरुवा रोप्दै सिमकोट गाउँपालिकाका महिला

Khabarsabaiko शनिबार, भाद्र २८, २०७६

हुम्ला
सिमकोट गाउँपालिका अन्तरगत लाग्नामा यहाँका स्थानीयले महिलाले वृक्षारोपण गरेका छन । विकासका लागी साँझा मञ्च (सिएफडी) नेपाल नामक संस्थाको आयोजनामा शुक्रबार वृक्षारोपण गरिएको हो ।

जिल्लाको सिमकोट गाउँपालिका अन्तर्गत सिमकोट, डाडाफया, ठेहे गाउँका ३८ जना महिलाको सहभागितामा ३८० वटा बोट विरुवा वृक्षारोपण गरिएको विकासका लागी साँझा मञ्च (सिएफडी) नेपालका जिल्ला संयोजक सौरभ लामाले जानकारी दिए ।

जलवायु परिवर्तनको रोकथामका लागी र उजाड रहेका क्षेत्रमा पुन हरियो बनाउनको लागी तीन सय ८० रुख रोपिएको लामाले जानकारी दिएका हुन ।

यहाँ कमेन्ट गर्नुहोस्