१६ चैत्र २०८०, शुक्रबार

खोलामा डुबेर एक जनाको मृत्यु

Khabarsabaiko बुधबार, आश्विन ०१, २०७६

अर्जुन बोहरा सिमकोट

असोज १ गते ।
खोलामा नुहाउने क्रममा एकजना युवकको चिप्लिएर मृत्यु भएको छ । हुम्लाको ताँजाकोट गाउँपालिका वडा नम्बर १ को काँडा गाउँका २४ वर्षीय टेक बहादुर खड्का नुहाएर फर्कने क्रममा ढुङ्गाबाट चिप्लिएर खोलामा खस्दा डुबेर मृत्यु भएको हो ।घट्ट पिस्न गएको बेला दिउँसो सियाली खोलामा नुहाएर खोलाबाट फर्कने क्रममा खड्काको मृत्यु भएको आफन्त धमैराज जैशीले बताउनुभयो ।मंगलबार १२ बजे खोला डुबेर बेपत्ता भएका मृतक खड्काको लाश खोलामा डुबेको अवस्थामा विहान ११ बजे भेटिएको हो । मृतक खड्काको खोजीमा आफन्त, प्रहरी, गाउँपालिका र स्थानीय परिचालित भएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्