१५ चैत्र २०८०, बिहिबार

एघार दिन देखि १८ सय घरधुरी अन्धकारमा, विद्युत पुननिर्माण अन्तिम चरणमा

Khabarsabaiko बुधबार, आश्विन ०१, २०७६

हुम्ला,
हुम्लाका सिमकोट गाउँपालिका र खार्पुनाथ गाउँपालिकालाई सेवा दिदैआएको हेल्दुम वितरण केन्द्रले विद्युत पुननिर्माणको कामलाई तिब्रताका साथ अगाडी बढाई रहेको छ ।

गएको भदौ २० गतेबाट वितरण केन्द्रले नयाँ पेन स्टक पाईप बदली र नहर मर्मत गर्ने भन्दै विद्युत बन्द गरेको छ । पेन स्टक पाइप बदली कार्य अन्तिम चरणमा आएको छ भने नहर मर्मत गर्ने काम धमाधम चलिरहेको छ । ६३ मिटर नयाँ पेन स्टक पाइप जडान गर्ने कार्य उपभोक्ता समितिबाट गर्नु पर्नेमा ८० प्रतिशत कार्य सकिएको उक्त आयोजनाका इन्जिनीयर दावा जाङ्मु शेर्पाले बताए ।

पावर हाउस देखि माथि ११ वटा पेन स्टक पाईप जडान गरिएको हेन्दुम वितरण केन्द्र उपभोक्ता समितीका अध्यक्ष तिर्थ राज रोकायाले जानकारी दिए । निर्माण स्थल मै रहेका २६ पिस पाइप जडान गर्नु पर्नेमा ११ पिस जडान गरिसकेको बाँकी रहेका १५ पिस बुधवार बिहानसम्म जडान गरिसक्ने अध्यक्ष रोकायाले जानकारी दिए । विद्युत पुननिर्माणमा उपभोक्ता समितीले नयाँ पेन स्टक पाईप बदली गर्ने अन्तिम चरणमा पुराएको उहाँले जानकारी दिए । दुई देखि तीन दिनमा उपभोक्ताको काम सबै सम्पन्न हुने उनले जानकारी दिए ।

नहर मर्मत, र ग्याबिनको ठेक्का पाएका आङ्गजुक लामाभने अबको तीर चार दिनमा काम सकेर पावर हाउसमा रहेका पाइप नहरमा पुग्ने बित्तिक्कै जडान कार्य पूरा गरेर विद्युत आपूर्ति सुरु गरिने बताए ।

ठेकेदार र उपभोक्ता समितीले चाडै बत्ति बाल्ने प्रयास गरेता पनि कामदाहरु भने अझै एक हप्ता सम्म लाग्ने अनुमान गर्छन । ५ गतेसम्म परीक्षण प्रशारण गर्ने तयारी आयोजनाले गरेको छ ।

एउटै मेसिनले काम गर्छ

पावर हाउसमा रहेका दुईवटा मेसिन मध्य एउटा मेसिनले काम गर्न छोडेको छ । हेल्दुम वितरण केन्द्रले पुननिर्माण गरेता पनि एउटा मेसिनले काम नगर्दा जिल्लाका सिमकोट र खार्पुनाथ गाउँपालिकाका १८ सय घरधुरीका सेवाग्राहीले उहि पुरानै अध्यारोको दुख खेप्नुपर्ने अवस्था रहेको छ । पावर हाउसमा रहेका दुई मेसिन मध्य एक मेसिनका सामाग्री नै नभएको त्यहाका कर्मचारी बताएका छन । दुबै मेसिनका पाठपुर्जा पुरा नहुँदा हिउँदको समयमा सदरमुकाम बासिले विगतका वर्ष जस्तै लोडसेडिङ्गको सामना गर्नुपर्ने अवस्था रहेको छ ।

हिल्दुम साना जलविद्युत आयोजनाको पावर हाउसमा रहेका सामाग्री करिब १५ वर्ष देखि काम चलाईदै आएका छन । हिल्दुम वितरण केन्द्रको चरम लापरवाहीका कारण सेवाग्राहीले अझ सास्ती खेप्दै आउनुपर्ने अवस्था रहेको छ ।

२० गते शुक्रबारबाट विद्युत अवरुद्ध हुँदा सदरमुकामसहित सिमकोट र खार्पनाथ गाउँपालिकाका स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन । केही वर्ष अघिदेखि फुटेका पाइपलाई ठाउँठाउँमा वेल्डीङ (टालटुल) गरेर काम चलाउँदै आइएको थियो । आयोजना प्रमुख र वितरण केन्द्र प्रमुखको चरम लापरवाहीका कारण विद्युत आयोजना समयमै मर्मत नहुँदा उपभोक्ता मारमा परेका हुन् ।

ठेक्का प्रणालीबाट निर्माण गरिएको हिल्दुम साना जलविद्युत आयोजनाको चाइनिज कम्पनीसँग २०५८ पुसमा ठेक्का सम्झौता भएको थियो भने २०६५ साल जेठ १४ गतेबाट आयोजना सञ्चालनमा आएको थियो ।

१० दिन विद्युत बन्द हुँदा जिल्लामा सञ्चालीत सरकारी तथा गैसरकारी कार्यालय लगायत उद्योग,पसल व्यवसायीले भने निकै समस्या भोग्नुपरेको छ ।

वर्षेनी विद्युत मर्मतका लागी आउने बजेट वितरण केन्द्र प्रमुखकै खल्तीमा

हेल्दुम वितरण केन्द्रमा रहेका नहर, विद्युतका सामाग्री मर्मतका लागी वर्षेनी अनुमानित नेपाल विद्युत प्राधिकरणबाट बजेट आउने गरेता पनि वितरण केन्द्र प्रमुखकै खल्तीमा जानेगरेको एक जना कर्मचारीले नाम नबताउने शर्तमा बताए । २०७१ सालमा इन्जिनीयर दाबा जाङ्गमु शेर्पाले नहर मर्मत गरेता पनि त्यस यता विद्युतका सामाग्री र नहर मर्मत नहुँदा यहाँका स्थानीयले लोडसेडिङ्गको सामाना खेप्नुपरेको हो । हेल्दुम वितरण केन्द्र प्रमुख दुई दुई वर्षको अन्तरालमा फेरिनेभएकाले पनि विद्युत मर्मत र नहर सरसफाईका लागी आएको बजेट वितरण केन्द्रको खल्तिमा जाने गरेको पाईएको छ ।

नहर मर्मत र ग्याबिन बनाउने काम गर्दै कामदार

यहाँ कमेन्ट गर्नुहोस्