१६ चैत्र २०८०, शुक्रबार

नेकपाका कार्यकर्ता लाई जनताको सेवक बन्न केन्द्रिय सदस्य भण्डारीको निर्देशन

Khabarsabaiko बिहिबार, आश्विन २५, २०७५

अर्जुन बोहरा सिमकोट असोज २५ गते
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य विजय भण्डारी (प्रतिरोध) ले नेकपाका कार्यकताहरुले नेता वरीपरि नभई जनताको सेवक बन्नुपर्ने निदर्शेन दिनु भयो । अहिले पूर्वका नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर ठुलो पार्टी नेपाल कम्युनिष्ट पार्टी नेकपा बनेको छ । अवश्यनै यसमा हाम्रा नेकपामा कार्यकर्ता लाई ठुलो पार्टीको दम्भव नभएर फलेको रुख जस्तै झुकेर जनताको सेवा गर्नु पर्ने बताए । उहाँले स्थानीय तहका जनप्रतिनिधिलाई पनि जनताले सेवक बन्नका लागि आफ्नो अमूल्य मत दिएर स्थानीय सरकारमा पठाएको भन्दै सोहीअनुसार काम गर्न जनप्रतिनिधिहरूलाई अनुरोध गर्नु भयो ।हिन्दुधर्मलम्बीरुको महान पर्व वडादशै र शुभ दिपावलीको शुभकामना आदन प्रदान तथा केन्द्रिय सदस्य बधाई कार्यक्रममा केन्द्रिय सदस्य भण्डारीले भ्रष्टाचारमुक्त स्थानीय तह निर्माण गरी नमूना काम गर्न स्थानीय तहका जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभयो ।

हुम्लामा पहिलो पटक एकाताको झल्को दिँदै वडादशै र शुभदिपावली शुभकामना तथा नेकपाका केन्द्रिय सदस्य विजय भण्डारी लाई बधाई कार्यक्रम आयोजना समेत गरेको नेकपा जिल्ला नेता पूर्ण प्रसाद ढँकालले बताउनु भयो ।
नेकपाको हुम्ला जिल्ला भित्र रहेका जिल्ला कमिट पदधिकारी चयनमा चरमरुपमा विवाद भएपछि अहिले नेताहरु विचमै नेर्तत्व विच हानथाप भईरहेको छ । आफनै पार्टी भित्रै एउटा गुट अगाडी जान चाहन्छ भने अर्कोले त्यसको विरोधमा नया गुटको तयारी गरेर विरोध जनाइरहेका छन । सबै जानले आ आफनो हड त्याग्नु पर्ने तत्कालिन नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक लालकेश जैशीले बताए । नेकपाको घोषण पत्र पार्टी भन्दा बाहिरका नेताहरुले बढि पढने गरेको तर नेकपा भित्रैका हाम्रौ नेताहरुले बढि पढनु पर्ने जैशीले बताए ।एकातिर पार्टी एकताको नाममा हरेक दिन केन्द्रका नेताहरुको बैठकले जिल्लामा समेत पार्टी एकाता छिटै गरिनु पर्ने हेड क्वाटर बाटै ढिलो गरेको प्रति आक्रोश व्यक्त गर्नु भयो ।
नेकपा पार्टी भित्र साँच्चिकै सहिखालको एकातको हुनु पर्नेमा अहिले आएर पददिय हानथापकै कारणले पार्टी एकाता मा समस्या बनाएकोमा समयमै पार्टी एक्क बन्न समेत नेपाली काँग्रेस जिल्ला पार्टी सचिव मोहन विक्रम सिहले बताउनु भयो । उहाँका अनुसार नेकपा पार्टी नै वलियो बनेमा हाम्रो नेपाली काँग्रेस पार्टी पनि दरिलो हुने बातए ।जुनसुकै पार्टी भित्र नातावाद कृपावाद बाट टाढा रहेर स्थानीय सत्ता संचालनकर्ताले समेत जनातले चाहे जस्तो काम नभएको भन्दै सबैजना सचेत रहन तत्कालिन नेकपा एमाले जिल्ला पार्टी कार्वावाहक अध्यक्ष ज्ञामी बुमीआग्रह गर्नु भयो ।

शुभकामना आदनप्रदान कार्यक्रम नभएर पार्टी भित्रै गुटउपगुट नभएर निस्वार्थ भावान पार्टी भित्र हामी सबै लाग्नु पर्ने नेकपा जिल्ला पार्टी नेता जुम्मकीत लामाले बताइन । यसै गरि अर्का जिल्ला पाटीृका नेता नरजग लामाले केन्द्र पार्टीको एकाता भईसकेको तर प्रदेश जिल्ला र गाउँपालिकाले सम्म एकाताकोे रुप दिन बाँकी रहेकोले गाउँपालिका एकाताको भाव देखाउन सबै लाग्नु पर्ने बताए ।नेकपा पार्टी भित्र असल नेर्तत्व र सर्वमान्ने नेतृत्वको छनोवट गरि जिल्ला लाई अन्यौलता बाट छिटै छुटकारा दिनु पर्ने सुझाब समेत दिएका छन । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुगाना, तिनै तहका सुरुक्षा कर्मि गाउँपालिा पदधिाकारी जिल्ला समन्वय समिति संयोजक दान वहादुर रावत लगायतको सहभागीले शुभकामना आदनप्रदान कार्यक्रम मनाएका छन ।
कार्यक्रममा केन्द्रमा दुई पार्टी एक भएको सन्देश गाँउ–गाँउ र टोल–टोलका कार्यकर्ता माझ लैजानु पर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा कार्यकर्ताहरुले बताएका थिए । केन्द्रमा नेताहरुबिच एकता भएको भए पनि जिल्ला तथा गाउँ स्तरमा अझै पनि पुर्ब एमाले र माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुमा भावनात्मक रुपमा एकताको भावना देखिन नसकेको समेत कार्यकर्ताहरुले बताएका छन ।

 

यहाँ कमेन्ट गर्नुहोस्