१५ चैत्र २०८०, बिहिबार

झारफुक गर्दा सर्पको टोकाईले एकको मृत्यु

Khabarsabaiko मंगलबार, आश्विन ०७, २०७६

हुम्ला
जिल्लाको दक्षिण क्षेत्रमा सर्पको टोकाईबाट एक जनाको मृत्युभएको छ । जिल्लाको तल्लो भेगमा रहेको अदानचुली गाउँपालिका वडा तीनका प्रदिप रोकायालाई सर्पले टोक्दा आज विहान १२ बजे तिर मृत्युभएको छ ।

वडा तीन भदाली कुना गाउँका रोकाया आफ्नै घरमा सुतिरहेको अवस्थामा सोमबार राति ११ बजे सर्पले टोकेर उपचार गर्दागर्दै आज विहान मृत्युभएको श्रीनगर प्रहरी चौकीलाई उद्र्धित गर्दै जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक राम प्रसाद घर्तिमगरले जानकारी दिए ।

रोकायालाई सर्पले टोकेको थाहा पाउन साथ झारफोक गर्दा स्वास्थ्यचौकीमा ढिलो पुयाईएकोले उपचार हुन नसक्दा ज्यान गएको छ ।
पोष्टमार्टमाका लागि जिल्ला सदरमुकाम सिमकोट ल्याउन ५ दिन र मार्तडी लिन पनि २ दिन लाग्ने भए पछि आफन्तले पोष्टमार्ट नगर्ने भनेपछि प्रहरीको रोहवरमा आवश्यक प्रक्रिया पुरा गरी आफन्तको जिम्मा लगाइएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्