१६ चैत्र २०८०, शुक्रबार

पारिवारिक निजी वन संघ नेपाल दैलेखको प्रथम जिल्ला अधिवेशन सम्पन्न

Khabarsabaiko मंगलबार, आश्विन १४, २०७६

पारिवारिक निजी वन संघ, नेपाल दैलेखको प्रथम जिल्ला अधिवेशन आज सम्पन्न भएको छ । कार्यक्रम भरतराज अधिकारीको अध्यक्षता ,  प्रमुख अतिथ्य दैलेख क्षेत्र नं. १ का साँसद रबिन्द्रराज शर्मा र विशेष अतिथ्य दैलेख क्षेत्र नं. २  का साँसद अम्मरबहादुर थापाको रहेकाे थियो । कार्यक्रममा दैलेख जिल्लाका पारिवारीक निजि वनका सदस्य, सरकारी तथा गैर सरकारी पदाधिकारी तथा अन्य सरोकारवाल साठी जनाको सहभागिता रहेको थियाे ।

कार्यक्रमका प्रमुख अतिथि साँसद रबिन्द्रराज शर्मा ले वन नीतिलाई संसोधन गरी सर्वोत्तम हितमा बनाउने र पारिवारिक निजी वनका अलवा राष्ट्रिय वन र सामुदायिक व्यवस्थापनका विषयमा पनि समय अनुसार नीति नियम बनाउन केन्द्र सरकार लागि रहेको बताउनुभयो ।
कार्यक्रममा कर्णाली प्रदेशसभाका सदस्य अम्मरबहादुर थापा,  नारायण नगरपालिकाका नगर प्रमुख रत्नबहादुर खड्का,  पारिवारिक निजी वन संघ नेपालका केन्द्रीय अध्यक्ष जोगराज गिरी, निमित्त डिभिजनल वन अधिकृत नवराज पौडेल, सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला अध्यक्ष मनिराम शर्मा, गैसस महासंघका कर्णाली सचिव सीपी शर्मा लगाएतले  निजी वन व्यवस्थापनको आवश्यकता तथा विभिन्न राय व्याक्त गर्नु भएको थियो ।
औपचारिक कार्यक्रमपछि अधिवेशनको बन्दसत्रले भरतराज अधिकारीको अध्यक्षतामा १९ सदस्यीय पारिवारिक निजी वन संघ नेपाल जिल्ला शाखा दैलेखको कार्यसमिति निर्बिरोध चयन गरेको छ । कार्यसमितिका उपाध्यक्ष ताराप्रसाद ज्ञवाली, सचिव नरेन्द्र केसी, उपसचिव सुमनकुमारी बीसी र कोषाध्यक्ष लालसरी शाही चयन भएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्