१५ चैत्र २०८०, बिहिबार

फोहोर डम्पिङ्ग क्षेत्र नै दुर्गन्धित

Khabarsabaiko सोमबार, मंसिर ०२, २०७६

हुम्ला

जिल्लाको सदरमुकाम क्षेत्रमा जम्मा भएको फोहोर फाल्नका लागि व्यवस्थित स्थान बनाएको फोहोर डम्पिङ्ग नै अव्यवस्थित बनेको छ । सिमकोट तल्लो गाउँमा निर्माण गरिएको डम्पिङमा अव्यवस्थित तवरमा फालिएको फोहरको दुर्गन्धले सदरमुकाम सिमकोटमा रहेको वडा पाँचलाई समस्या बनाएको छ ।

सिमकोट तल्लो गाउँमा फोहोर व्यवस्थापनको लागी सिमकोट गाउँपालिकाले आठ लाख रकममा सिमकोट आफ्नो पालिकामा एक मात्रै फोहोर डम्पिङ्ग निर्माण गरेको छ । फोहोर डम्पिङ्ग क्षेत्रमा अव्यवस्थितरुपमा सिला, प्लाष्टिक लगायतका फोहोर फालिदा त्यस क्षेत्रमा आवातजावत गर्नेलाई समस्या हुने गरेको छ ।

तल्लो गाउँका स्थानीयले फोहोर फाल्ने डम्पिङ्गलाई अव्यवस्थितरुमा डम्पिङ्गलाई प्रयोग गर्दा सिसाले गाईवस्तुको खुटा काटने गरेको वडा पाँचका स्थानीय खेम बोहराले बताउनुभयो । गाउँपालिकाको बजेटबाट निर्माण भएको डम्पिङ्गलाई वडा पाँच कार्यालयले व्यवस्थित गर्न नसक्दा बाटो हिडने बटुवा र गाईवस्तुलाई आवत जावतमा समस्या हुने गरेको छ ।

हुम्ला उद्योग बाणिज्य संघ हुम्लाले प्रत्यक महिनाको १५ गते सिमकोट बजारका पसलहरु बन्द गरी सरसफाई समेत गर्दै आएको छ ।

यस्तै सिमकोट गाउँपालिकाले फोहोर व्यवस्थापनका लागी टयाक्टरको व्यवस्था समेत गर्ने गरेको भए पनि सिमकोट बजारका ढलहरु अझै व्यवस्थित हुन समय लाग्ने देखिएको छ । सिमकोट माथिल्लो बजारमा रहेका कालिन्चो, एर्पोट चोकमा फोहोर अव्यवस्थि तवरमा फालिनाले सदरमुकाम सिमकोट पुग्ने सर्वसाधारणलाई आवतजावतमा समस्या हुने गरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्