१६ चैत्र २०८०, शुक्रबार

विद्यालयमा राजनिती नौ दिन देखि तालाबन्दी, हेर्नुहोस नालीबेली

Khabarsabaiko सोमबार, मंसिर ०२, २०७६

हुम्ला
श्री हिमाली बहिरा तथा बौद्धिक अपाङ्ग आवसिय विद्यालय नौ दिन देखि विद्यार्थीले तालाबन्दी गरेका छन । सहारा समुहमा आश्रीत बहिरा तथा बौद्धिक अपाङ्ग बालबाहिकाहरुले आफुहरुले अध्ययन गर्दै आएको विद्यालय श्री हिमाली बहिरा तथा बौद्धिक अपाङ्ग आवसिय विद्यालय व्यवस्थापन समितीका अध्यक्ष तथा वडा पाँचका अध्यक्ष कृष्ण बोहराले मनोगतरुपमा विद्यालय व्यवस्थापन समिती चयन गरेको भन्दै विद्यालय तालाबनदी रहेको छ ।

सोही विद्यालयमा अध्ययनरत वालवालिका, अभिभावक विना नै गोप्यरुपमा बैठक बसि विद्यालय व्यवस्थापन समिती गठन गरेको प्रति आपति जनाउदै विद्यार्थीहरुले कार्तिक २३ गते विद्यालय तालाबन्दी गरेको सहारा समुहका सुर्य पौडेलले बताउनुभयो । सहारा समुहमा आश्रीत ५७ जना विद्यार्थीहरुले सोही विद्यालयमा अध्ययन गर्दै आएका छन ।

विद्यालयले सिमकोट गाउँपालिकाको शिक्षा नियमवली विपरीत गैरकानुनी तवरले सरकारी विद्यालयलाई व्यक्तिगत सम्पती जसरी आफुखसी सञ्चालन तथा व्यवस्थापन गर्न खोजेको बहिरा तथा बौद्धिक अपाङ्ग बालबालिकाहरुको आरोप समेत रहेको छ ।

अहिले सम्म विद्यालयको आर्थिक वर्ष २०७५।०७६ को सार्वजनिक परिक्षण अभिभावक भेला तथा लेखा परिक्षण नगरेको, विद्यालयका सम्पुर्ण कागजात प्र.अको घरमा राखी अध्यक्षले आफु खुसि सञ्चालन गरेको, बालबालिकाले पाउने दिवा खाजा मापदण्ड विपरीत गई बालबालिकालाई चाउचाउ विस्कुष्ट खुवाई रकम अनियमितता गरेको,सरुवा भएको शिक्षकलाई रोकेको, सोही विद्यालयका प्र.अ विद्यालय समयमा उपस्थित नहुने, कानुन विपरीत बालबालिकाको जीवनमाथि खेलवाट गरेको, सहित बहिरा तथा बौद्धिक अपाङ्ग बालबालिका र उनीहरुका अभिभावक विना नै पदाधिकारी छनोट गरेको आरोप सहारा समुहले लगाएको छ ।

उता विद्यालय व्यवस्थापन समितीका अध्यक्ष कृष्ण बोहरा भने कोरम नपुग्ने भएकाले सदरमुकाम सिमकोटमा रहेका बौद्धिक अपाङ्ग बालबालिकाका उपस्थितमा पदाधिकारी छनोट गरेको बताउनुभयो । अध्यक्ष बोहराका अनुसार अहिले सोही विद्यालयमा शिक्षकको अभाव रहेको र एक जना शिक्षकले मात्रै ५७ जना बालिबालिकालाई पठाउँदै आएको बतानुभयो ।

सांकेतिक भाषाको तालिम नलिएका शिक्षक पढाउदै

सिमकोट तल्लो बजारमा रहेको श्री हिमाली बहिरा तथा बौद्धिक अपाङ्ग आवसिय विद्यालयमा सांकेतिक भाषाको विनाका शिक्षक प्रकाश जैसीले बहिरा तथा बौद्धिक अपाङ्गलाई पढाउँदै आएका छन ।

भिमसेन आभारभुत विद्यालयबाट सुरुवा भएर एक वर्ष देखि सोही विद्यालयमा पठनपाठन गराउँदै आएका शिक्षक जैसीले सांकेति भाषाको तालिम नलिएर प्रअ नियुक्ति लिएर हिमाली बहिरा तथा बौद्धिक अपाङ्ग आवसिय विद्यालयमा पठनपाठन गराउदै आएको सहारा समुहका कार्यकारी निर्देशक पौडेललले बताउनुभयो । शिक्षक जैसीको भिमसेन आधारभुत विद्यालयमा सुरुवा भएपनि आफुले एक वर्ष सम्म काम गर्दा विद्यालयको हिसाव किताब मिलाउनुपर्ने र अर्को शिक्षक आफ्नो ठाउँमा नियुक्तिभएर आएमा आफुले छोडेर जाने बताउनुभयो ।

उता बहिरा तथा बौद्धिक अपाङ्ग बालबालिकालाई पढाउने सांकेतिक भाषाको तालिम प्राप्त शिक्षक कमला लामालाई जिल्ला शिक्षा समन्वय समिती इकाईले साउनमा सरुवा गरेको छ । शिक्षक लामा भने हिमाली बहिरा तथा बौद्धिक अपाङ्ग आवसिय विद्यालयमा कार्यरत शिक्षक जैसीले विद्यालय नछोडेका कारण आफु विद्यालय नगएको बताउनुभयो ।

विद्यालयका सामाग्री प्र.अको घरमा थन्किए

हिमाली बहिरा तथा बौद्धिक अपाङ्ग आवसिय विद्यालयका सम्र्पुण सामान विद्यालयका प्र.अ प्रकाश जैसीको घरमा थन्किएका छन । शिक्षक जैसी कार्यरत भए देखि विद्यालयमा भएका ल्याप्टब,प्रिन्ट,कम्प्युटर, प्रोजेक्टर,सिसि क्यामेरा,सिडी, प्यानड्राईभ लगायका सामान आफ्नै घरमा निजी सम्पती जसरी घरमा थन्काउदै आएको सहारा समुहका निर्देश पौडेलले बताउनुभयो ।

ल्याप्टब र प्रिन्टर विद्यालय व्यवस्थापन समितीका अध्यक्ष कृष्ण बोहराले उपलब्ध गराएको उहाँले बताउनुभयो । अन्य सामान विद्यालयको पचास हजार आर्थिक र शिक्षक जैसी आफै काठमाण्डौ गएर काठमाण्डौको अनामनगरमा रहेको आईटी टेक्नोलोजी बाट विद्यालयलाई सहयोग मागि ल्याएका हुा । विद्यालयलाई उपलब्ध भएका सबै सामाग्रीहरु जैसीले विद्यालयमा चोरी हुने डर आफुले घरमा राखेको स्वीकार गरेका छन ।

प्र.अ जैसी भने विद्यालयमा सामान राख्दा चोरी हुने डरले आफुले आफ्नो घरमा राखेको स्वीकार गनुभयो । विद्यालयका लागी उपलब्ध भएका सामान ल्याप्टब,कम्प्युटर,सिसिक्यामेरा लगायतका सामाग्री आफ्नो घरमा सुरक्षि राखेको परिआएको खण्डामा विद्यालयलाई बुझाउने शिक्षक जैसीले बताउनुभयो । विद्यालयको पचास हजार आर्थिक सहयोग अरु सबै आफुले सहयोग जुटाएर खरिद गरेका सामान विद्यालयलाई नै बुझाउने उहाँले बताउनुभयो ।

वडा अध्यक्षलाई वि.व्य.सको जिम्मेवारी दिँदा काममा झनझट

नेपाल सरकारले स्थानीय तहका पदधादिकारीलाई विद्यालयको काम दिँदा समस्या भएको छ । सिमकोट गाउँपालिका वडा पाँचका अध्यक्षलाई तीनवटा विद्यालयको व्यवस्थापन समितीको अध्यक्ष हुँदा काममा निकै समस्या देखिएको छ । वडा पाँचका अध्यक्ष कृष्ण बोहरा अहिले बालमन्दिर मावि,भिमसेन आधारभुत विद्यालय,र श्री हिमाली बहिरा तथा बौद्धिक अपाङ्ग आवसिय विद्यालयका विद्यालय व्यवस्थापन समितीको पद सम्हाली रहेका छन । एक जना व्यक्ति चरा, पाँचवटा विद्यालयको अध्यक्ष हुँदा विद्यालयको शैक्षिक क्षेत्रमा हानी पुगेको सहारा समुहका निर्देशक पौडेलले बताउनुभयो ।

नौ दिन देखि विद्यालय बन्द हुँदा सिमकोट गाउँपालिका शिक्षा शाखा,जिल्ला शिक्षा समन्वय इकाई समिती समेत मौन देखिएको छ । विद्यालय बन्द हुँदा सोही विद्यालयका प्र.अ समेत मौन रहेका छन ।

आफुहरुले पढन लेख्न पाउन अधिकारबाट बन्चित गराएको बहिरा तथा बौद्धिक अपाङ्ग बालबालिकाहरुले गुनासो गरेका छन ।

यहाँ कमेन्ट गर्नुहोस्