१५ चैत्र २०८०, बिहिबार

उपनिर्वाचनको मौन समयमा गाउँपालिका प्रवेशमा निषेध

Khabarsabaiko बुधबार, मंसिर ०४, २०७६

हुम्ला
जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा व्यवस्थापन समितीको बैठकले उपनिर्वाचनको मौन समयमा प्रवेशमा निषेध लगाउने निर्णय गरेको छ । आजै एक अनौपचारिकरुपमा बसेको बैठकले जिल्लाको खार्पुनाथ गाउँपालिकामा हुनलागेको उपाध्यक्ष पदका लागी मंसिर १४ गते हुने उपनिर्वाचनमा खार्पुनाथ गाउँपालिकाका मतादाता बाहेक अन्य पालिकाका नागरीकलाई प्रवेशमा निषेध गर्ने निर्णय गरेको छ ।
जिल्लाका सातवटा गाउँपालिका मध्य खार्पुनाथ गाउँपालिका अति संवेदनशिल पालिका भएकाले चुनावलाई शान्त र मर्याधित बनाउनका लागी जिल्ला सुरक्षा व्यवस्थापन समितीले यस्तो निर्णय गरेको हो । उपनिर्वाचनको मौन समय मंसिर ११ गते राति सात बजे देखि खार्पुनाथ गाउँपालिकामा अन्य पालिकाका नागरीक र राजनितीक दलका नेता तथा कार्यकर्तालाई प्रवेशमा निषेध गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी विनिता भटटराईले जानकारी दिनुभयो ।

उपनिर्वाचनमा खार्पुनाथ गाउँपालिकामा अन्य नागरीकले प्रवेश गर्दा धाधली हुने सम्भावना बढी देखिएकाले सुरक्षा निकायले पालिकामा प्रवेश गर्न निषेध गरिएको उहाँले जानकारी दिनुभयो । निर्वाचन कार्य सम्पन्न नहुँदा सम्म खार्पुनाथ गाउँपालिकामा पुर्णरुपमा कुनै प्रकारका मदिराजन्य उत्पादन तथा विक्रि वितरण गर्न बन्द समेत गरिने भएको छ । पालिकाभित्रका व्यक्तिहरुले कानुनिरुपमा अनुमति प्राप्त गरी आफ्ना नाममा राखेका हात हतियारलाई निर्वाचन अवधिभरी जिल्ला प्रशासन कार्यालयमा बुझाउने, निर्वाचन आयोगबाट जारी भएको निर्वाचन आचारसंहिताको पुर्णरुपमा कर्मचारी, राजनितीक दलहरुले कार्यन्वयन गर्ने, निर्वाचन आचारसंहिता उल्लघन भएको पाईएमा कानुनि कारबाहि गरिने, चुनाबी प्रचार प्रसारमा बालबालिकाको प्रयोग नगर्ने, निर्वाचन मौन अवधिभर खार्पुनाथ गाउँपालिकामामतदाता र निर्वाचन आयोगबाट जारी भएको पास भएका व्यक्ति बाहेक अन्य सम्बन्धित व्यक्हिरुको आवागमनलाई कडाईका साथ निगरानी गरिने लगायतका निर्णय गरिएको जिल्ला सुरक्षा व्यवस्थापन समितीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी विनिता भटटराईले जानकारी दिनुभयो ।

उपनिर्वाचनको मौन सयम मंसिर ११ गते देखि खार्पुनाथ गाउँपालिकामा आवत जावतालाई कडाई गर्ने निर्णयले अन्य गाउाँपालिकाका नागरीकलाई समस्या हुनेभएको छ । तल्लो क्षेत्रमा रहेका चारवटा गाउँपालिकाको मुख्य आवतजावत गर्ने बाटो पर्ने भएता पनि निवार्चन सम्पन्न नहुँदा सम्म खार्पुनाथ प्रवेशमा कडाई गरिने भएको छ । सदरमुकाम सिमकोट पुग्न दक्षिण क्षेत्रका चारवटा गाउँपालिका सहित मुगु,जुम्ला बाजुरा जाने मुख्य बाटो नै खार्पुनाथ गाउँपालिका रहेको भएपनि अन्य सर्वसाधरणलाई ११ गते देखि पुर्णरुपमा आवतजावतमा बन्द गरिने भएको छ । यस्ले गर्दा जिल्लाका अन्य नागरीकलाई सदरमुकाम पुग्न र सदरमुकामबाट गाउँजान बन्द हुनेदेखिएको छ । खार्पुनाथ गाउँपालिकामा रहेका पाँचवटा मतदान केन्द्र बटुवाले हिडने मुख्य गोरेटो बाटो भन्दा टाढा रहेता पनि सिंगो गाउँपालिकाको क्षेत्रमा प्रवेश निषेध गर्न निर्णय गरिएको छ ।

मतदान केन्द्रको तीन सय मिटर दुरीको नजिकमा अन्य नागरीकले प्रवेश गर्न नपाउने निर्वाचन आचारसंहितमा भएता पनि पालिकामा नै प्रवेश गर्ने निर्णय गर्दा नागरीकलाई समस्या हुने देखिएको छ ।

आजै नेकपा जिल्ला अध्यक्ष लालकेश जैसी, कांग्रेस सुसिला रोकाया, राप्रपा कालि बहादुर शाही, गरी तीनवटा राजनितीक दलका प्रमुख तथा प्रतिनिधिको उपस्थित रहेको थियो । यसैगरी तीनवटा सुरक्षा निकायका प्रमुख, मुख्य निर्वाचन अधिकृत चन्द्रकान्त पौडेल,प्रमुख जिल्ला अधिकारी विनिता भटटराई लगायतको उपस्थित रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्