१६ चैत्र २०८०, शुक्रबार

वडा कमिटी कोषाध्यक्ष हिरा बुढा सहित १७ घरधुरी कांग्रेस परित्याग गरी नेकपामा प्रवेश

Khabarsabaiko मंगलबार, मंसिर १०, २०७६

हुम्ला
मंसिर १४ मा हुने उपनिर्वाचनको समय नजिकीदै गर्दा वडा एकका वडा कमिटी कोषाध्यक्ष हिरा बुढा सहित १७ घरधुरीले कांग्रेस परित्याग नेकपामा प्रवेश गरेका छन । नेपाल कम्युनिष्ट पाटी नेकपाले उपनिर्वाचनको केही दिन मात्रै बाँकी हुँदा आफ्नो चुनावी प्रचार अभियानलाई झन तिब्रता बनाएको छ । आईतबार गोक्पा गाउँमा नेकपाले गरेको आमसभामा नेपाली कांग्रेस परित्याग गरि वडाकमिटी कोषाध्यक्ष सहित १७ घरधुरीले नेकपामा प्रवेश गरेका हुन । नेपाली कांग्रेसको कार्यशैली प्रति असन्तुष्टि जनाउँदै लामो समय देखि कांग्रेसमा राजनितीक गर्दै आएका वडा कमिटी कोषाध्यक्ष हिरानन्द बुढा सहितको जम्बो टोलीले कांग्रेस परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेका छन ।
खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट रुपा शाही, नेपाली कांग्रेसबाट तारा शाहीको प्रतिस्पर्धा जस्तै देखिएको छ । निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याएर गाउँपालिकामा भएको कांग्रेसको लामो समय देखिको एकलौटीको अन्त्य गर्न प्रदेशको नेतृत्व सफल भएको, तिनै तहका सरकार लोकप्रीय बन्दै गएको र सातवटै प्रदेशमध्ये बलियो प्रतिपक्षका रुपमा रहेको कर्णालीको प्रतिपक्षलाई नैतिक रुपमा कमजोर बनाउन नेकपा हुम्लाले उप–निर्वाचनको परिणाम आफू पक्षीय बनाउने रणनीतिमा छ ।

यहाँ कमेन्ट गर्नुहोस्