१५ चैत्र २०८०, बिहिबार

घाईतेको २० घण्टा पछि उद्धार,नेकपाबाट एकलाख सहयोग उपचारखर्च सरकारले गर्ने मन्त्रीरावल

Khabarsabaiko बिहिबार, मंसिर १२, २०७६

हुम्ला
हुम्लाको उत्तरी गाउँपालिका नाम्खाको सल्लीबाट सामान ढुवानी गरीरहेको लु.४ ख ३२६९ नंबरको ट्रिपर दुर्घटना हुँदा घाईतेका २० घण्टा पछि नेपाली सेनाको हेलिकोप्टरबाट आज उद्धार गरिएको छ । घाईते भएका १३ जना मध्ये सिमकोट गाउँपालिका वडा नं. ६ का बक्त रोकायाको हुम्ला जिल्ला अस्पतालमा उपचारको क्रममा नै मृत्यु भएको र मृतकको संख्या ४ पुगेको छ ।

हिजो दिउसो २ बजे दुर्घटना भएको ट्रिपरमा ४ जनाको मृत्यु भईसकेको छ । मृत्यु हुनेमा नाम्खा गाउँपालिका वडा नं. १, हेप्का गाउँका छिरिङ्ग कर्मा तामाङ्ग, नरी लामा, खार्पुनाथ १ का बबरजंग शाही रहेका छन् । अहिले मृतकको पोष्टमार्टम जिल्ला अस्पतालमा भईरहेको छ । मृतकलाई पोष्टमार्टम पछि आफन्तलाई दाहसंस्कारको लागि बुझाईने जिल्ला अस्पताल स्रोतले जानकारी दिएको छ । चालकले मदिरा सेवन गरी ट्रिपर चलाईएको प्रारम्भिक लक्षण पाईएको भएता पनि रिपोर्टमा सो नपाईएको र अन्य विवरण नेपाल प्रहरीले अनुसन्धान गरीरहेको हुम्ला जिल्ला प्रहरी प्रमुख राम प्रसाद घर्ती मगरले जानकारी दिनु भयोे । दुर्घटना स्थलको कच्ची सडक खण्डमा २ पटक सडकको उत्तरी र दक्षिण्ी भागमा ट्रिपर ठोकिएको तेस्रो पल्ट दक्षिणी भागको भिरालो खण्डमा खसेको पाईएको छ ।

घाईते हुनेमा नाम्खा गाउँपालिका वडा नं. १ का नाम्गेल लामा, नातोक लामा, सिन्दार तामाङ्ग, सिमकोट गाउँपालिका वडा नं. ६ का कपिल रोकाया, खगेन्द्र रावत, कमल रोकाया, सन्तोष सुनार, रामकुमार रोकाया, सिमकोट वडा नं. ७ का नर सुनार, खार्पुनाथ गाउँपालिका वडा नं. ५ का धनसिँह भण्डारी, सर्केगाड गाउँपालिका वडा नं. २ का अंग फडेरा र चालक आनन्द तामाङ्ग गरी १२ जना घाईते भएका थिए । घाईते मध्ये ११ जनाको नेपालगञ्ज तर्फ उपचारको लागि लगिएको छ । दुर्घटनामा अन्य क्षतीको विवरण हाल सम्म छानवीनको क्रममा नै रहेको बताईएको छ । घाईतेको अधिकाँशको अवस्था गम्भिर रहेको छ ।

हुम्ला शोकमग्न, विद्यालय खुलेनन्

४ जनाको दुर्घटनामा मृत्यु भए पछि मृतकका आफन्त र सिँगो हुम्ला जिल्ला नै शोक मग्न भएको छ । जिल्ला अस्पतालबाट निवृत्त रहेका मृतक बक्त रोकाया, भरखरै हिल्सा सिमकोट सडक खण्डमा १ महिना अगाडी मात्रै नियुक्त भई फिल्डमा नाम्खा गाउँपालिकामा गएका प्राविधिक बबरजंग शाही, २ जना नाम्खा गाउँपालिका वडा नं. १ का २ जनाको मृत्यु हुँदा हुम्ला जिल्ला नै शोक मग्न रहेको छ । कलिलै उमेरमा भरखर सेवा प्रवेश गरेका बबरजंग शाहीलाई गुमाउनु पर्दाको क्षण अति नै कहाली लाग्दो रहेको मृतकका आफन्त जीवन बहादुर शाहीले बताउनु भयो ।

मृतकको दाहसंस्कारको लागि स्थानिय सिमकोटमा रहेका विद्यालयमा अध्ययनरत विद्यार्थी विद्यालयमा उपस्थित नहुँदा विद्यालयको पठन पाठन समेत प्रभवित भएको छ । सिमकोटमा रहेका ३ वटा सरकारी र २ वटा निजी बोर्डिङ्ग स्कुलमा आज अघोषित नै विदा भएको छ । मृतकका आफन्तजन जिल्ला अस्पताल सिमकोट परिसरमा भेला भएका छन् भने घाईते विरामीका आफन्तको रुवावासी नै चलेको छ । सिमकोटका अघिकाश बस्तीमा सुनसान छाएको छ ।

घाईतेको उपचारको लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा), हुम्ला जिल्लाले एकमृष्ठ १ लाख नगद सहयोग कर्णाली प्रदेश अध्यक्ष गोरख बहादुर बोगटी मार्फत जिल्ला समन्वय समितिका अध्यक्ष दान बहादुर रावतलाई प्रदान गरिएको छ । त्यसै गरी कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले १० हजार प्रदान गरेको र घाईतेको उपचार कर्णाली प्रदेश सरकारले नै गर्ने मन्त्री रावलले बताउनु भयो । हुम्लामा यस्तो कहाली लाग्दो दुर्घटनाले आफु दुःखी भएको घाईतेको चाँडो भन्दा चाँडो स्वास्थ्य सुधारको कामना मन्त्री रावलले गर्नु भयो ।

यहाँ कमेन्ट गर्नुहोस्