१६ चैत्र २०८०, शुक्रबार

फरक क्षमता भएका बालबालिकालाई चिसोबाट बच्न न्यानो कपडा

Khabarsabaiko बुधबार, मंसिर १८, २०७६

हुम्ला
हुम्लामा २८ औं अन्तराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ । दिगो विकासको लक्ष्य कार्यान्वयनमा अपाङगता, सार्थक नेतृत्व र सहभागिता भन्ने नाराका साथ सिमकोट माथिल्लो बजार देखि र्याली निकालेर तल्लो बजारमा रहेको सहारा समुहको होस्टेलमा कोण सभा भएर यो दिवस मनाईएको हो । यस्तै जिल्लाको सर्केगाड गाउँपालिकामा दिउँसो ११ बजे र्याली निकालेर सर्केगाड बजारमा यो दिवस मनाईएको छ । सर्केगाड गाउँपालिकाको हिमज्योति मा. वि. बाट बिहान ११ बजेबाट बजार प्रभातफेरी र सोहि विद्यालयमा कोण सभा भएको थियो । “दिगो विकासको लक्ष्य, अपाङ्गता मैत्रि भविश्य” विषयकमा अन्तर वडा स्तरीय बक्तित्वकला प्रतियोगिता सञ्चालन गरिएको छ ।
जिल्ला सदरमुकाम सिमकोटमा विहान प्रभातफेरी यो दिवस बनाईएको हो भने जिल्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा विभिन्न कार्यक्रम गरी मनाइएको हो ।

हिमाली शिक्षा र विकास हेड नेपाल , सहारा समुह हुम्लाको समन्वयमा र सिमकोट गाउँपालिकाको आयोजनामा आजै अपाङ्गता भएका व्यक्तिहरुको २८ औँ अन्तर्रा्ष्ट्रिय दिवस विविध कार्यक्रम गरेर मनाईएको छ । सिमकोट गाउँपालिकाले यो दिवसको अवसर पारेर हिमाली शिक्षा र विकास (हेड नेपाल), र सहारा समुहमा आश्रित लिएर अध्ययन गरिरहेका एक सय ६ जना बालबालिकालाई न्यानो कपडा सहयोग गरेको छ । सिमकोट गाउँपालिकाले यो दिवसको अवसरमा हुम्लामा चिसो अत्याधिक बढ्ने क्रमजारी रहेकाले चिसोबाट बच्नका लागी टोपी, हाते पञ्जा, र खुट्टा लगाउने मोजा सहयोग गरेको हिमाली शिक्षा र विकास हेड नेपालका कार्यकारी निर्देशक छितुप लामाले जानकारी दिनुभयो ।

एक सय ६ जना बालबालिकाको लागी टोपी, हाते मोजा, र पञ्जा खरिद गर्दा ४५ हजार खर्च लागेको सिमकोट गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत अजुन दर्जिले जानकारी दिनुभयो ।

अहिले जिल्लाभरीका फरक क्षमता भएका ५७ जना बालबालिका सहारा समुहमा र ४५ जना बालबालिका (हेड नेपाल) संस्थामा आश्रितभएर अध्ययन्न गर्दै आईरहेको निर्देशक लामाले जानकारी दिनुभयो । हिमाली शिक्षा र विकास (हेड नेपाल)ले जिल्लाको ताँजाकोट गाउँपालिका र अदानचुली गाउँपालिकामा घुम्ति विद्यालय परियोजना पनि सञ्चालन गरिरहेको लामाले बताउनुभयो । सदरमुकाम सिमकोट पुग्न नसकेका फरक क्षमता भएका बालबालिकाका लागी गाउँमा यो परियोजनाले काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

अहिले ताँजाकोट र अदानचुलीमा दुई सय जना फरक क्षमता भएका बालबालिका घुम्ति विद्यालय परियोजनामा रहेको लामाले बताए ।
यस्तै आजै यो दिवसमा फरक क्षमता भएका व्यक्तिलाई विकासको मूलप्रवाहमा समावेश गरी आत्मनिर्भर बनाउनु राज्यको गहन दायित्व भएकले सिमकोट गाउँपालिकाले यसमा साथ दिने गाउँपालिका अध्यक्ष पदम बहादुर लामाले बताउनुभयो । अपाङ्गता भएका व्यक्तिहरुको २८ औँ अन्तर्रा्ष्ट्रिय दिवसका अवसरमा जिल्ला समन्वय समितका दान बहाुर रावतले यो दिवसले अपाङ्गता क्षेत्रसँग सम्बद्ध संघ संस्था सबैमा थप क्रियाशील भई काम गर्न आग्रह गर्नुभयो ।

समतामूलक समाज निर्माणका लागि फरक क्षमता भएका व्यक्तिलाई शिक्षा र स्वास्थ्यमा पहुँच दिलाउनुपर्नेमा विभिन्न बक्ताहरुले जोड दिएका थिए ।

फरक क्षमता भएका व्यक्तिलाई राज्यका रहेक निकायमा सहभागिताका निम्ति स्रोत र साधनको आवश्यक प्रबन्ध गर्दै क्रमशः कार्यान्वयनमा लैजान सकेमा समतामूलक समाज निर्माण गर्न सकिने फरक क्षमता भएका बालबालिका सँग काम गर्दै आएको हिमाली शिक्षा र विकास (हेड नेपाल)का कार्यकारी निदेर्शक लामाले बताउनुभयो । हुम्लामा २०६८ सालको जनगणना अनुसार दुई हजार चार नौ जना फरक क्षमता भएका बालबालिका मध्य ३६ प्रतिशत बालबालिका अपाङ्ग रहेको निर्देशक लामाले जानकारी दिनुभयो ।

आज भएको २८ औं अन्तरराष्ट्रिय अपाङ्गता दिवस कार्यक्रममा आजै टोपी, हाते पञ्जा, र खुट्टा लगाउने मोजा वितरण गरिएको थियो । आजको कार्यक्रममा सिमकोट गाउँपालिका अध्यक्ष पदम बहादुर लामा,उपाध्यक्ष वली रावत,जिल्ला समन्वय समितीका प्रमुख दान बहादुर रावत, प्रमुख जिल्ला अधिकारी विनिता भट्टराई फरक क्षमता भएका बालबालिका, सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्