१६ चैत्र २०८०, शुक्रबार

महिला स्वास्थ्य स्वयंम सेविकालाई स्वागत र विदाई

Khabarsabaiko बिहिबार, मंसिर १९, २०७६

हुम्ला
सिमकोट गाउँपालिकाले वडा एक देखि आठ सम्म स्वास्थ्य क्षेत्रमा योगदान दिँदै आएका महिला स्वयंम सेविकाहरूलाई पुरानालाई बिदाई र नयाँलाई स्वागत गरेको छ ।
आज १६ औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयंम सेविका दिवसको अवसर पारेर गाउँपालिकाले स्वागत र विदाईको कार्यक्रम गरेको हो । करिब १२ वर्ष देखि महिला स्वास्थ्य स्वयं सेविकाले, स्वास्थ्य क्षेत्रमा अहम् भूमिका खेलेको भन्दै प्रमाण पत्र, दोसल्लाह ओडाएर पुराना स्वयम सेविकालाई बिदाई गरेको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख धुर्ब सिंहले जानकारी दिनुभयो । नयाँ नियुक्ती भएका लाई टसि खादक लगाएर स्वागत गरिएको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाले आफ्ना वडा एक देखि आठ सम्मका ४१ जना स्वास्थ्य स्वयं सेविकालाई एक कार्यक्रमका विच विदाई गरेको हो । नयाँ ४१ जनालाई स्वागत गरेको छ । स्वयंम सेविकाले मातृ तथा शिशु स्वास्थ्य, परिवार नियोजन सेवा, प्राथमिक स्वास्थ्य सेवामा महत्वपुर्ण भुमिका खेलेको भन्दै गाउँपालिका उपाध्यक्ष वली रावतले प्रसंसा समेत गरेका थिए ।
स्वास्थ्यसम्बन्धीे धेरै नभएपनि आफुसँगभएको ज्ञानले गाउँघरतिर गर्भवती र नवजात शिशुको अकालमा ज्यान गुमाउनबाट जोगाएको सिमकोट गाउँपालिका वडा दुई निवासी हिराकला परियारले बताउनुभयो ।
दुर्गम जस्तो हुम्लाका ग्रामिण गाउँघरका समुदाय स्तरमा मातृ तथा बाल स्वास्थ्यमा सुधार ल्याउन प्रत्यक्ष योगदान पुर्याएको भन्दै सिमकोट गाउँपालिका प्रमुख प्रशासकिय अभिधकृत अर्जुन दर्जिले बिदाई हुने ४१ जना स्वयमं सेविकालाई धन्यवाद समेत दिएका थिए ।
सिमकोट गाउँपालिकाले पुराना महिला स्वास्थ्य स्वयंम सेविकाको ठाउँमा नयाँ ४१ जना स्वयंम सेविकालाई टसि खादक लगाएर स्वागत गरेको छ ।
महिला स्वास्थ्य स्वंय सेविकाले सुरक्षित मातृत्वका लागि सुत्केरीको रक्तश्राव रोक्न मातृ सुरक्षा चक्की, परिवार नियोजनका अस्थायी साधन, गर्भवती र सुत्केरीपश्चात आइरन चक्की वितरणसँगै स्वास्थ्यको बारेमा सन्देश फैलाउने काम गर्दै आएको सिमकोट गाउँपालिका स्वास्थ्य संयोजक सिंहले जानकारी दिनुभयो । बाल स्वास्थ्य अन्तर्गत भिटामिन ‘ए’, झाडापखाला लागेका बच्चालाई जीवनजल तथा जिङ्क चक्की र जुकाको औषधि वितरण, तालिम गोष्ठि, लगायतमा स्वास्थ्यसम्बन्धी नयाँ नियुक्ती भएका ४६ जना स्वयम सेविकामा अनुभब नभएता पनि एस एल्सी पास भएकालाई छनोट गरेको सिमकोट गाउँपालिकाले जनाएको छ ।
नयाँ नियुक्तीभएका महिला स्वास्थ्य स्वयंम सेविकालाई विगतका स्वयं सेविकाले जसरी काम गर्न सिमकोट गाउँपालिकाले निर्देशन दिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्