१६ चैत्र २०८०, शुक्रबार

टिपर दुर्घटना दुईको मृत्यु,दई घाईते

Khabarsabaiko बिहिबार, मंसिर २६, २०७६

हुम्ला
हिल्सा देखि याल्वाङ्ग आउँदै गरेको टिपर तुम्कोट भिरमा दुर्घटनामा परेको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका वडा पाँचको तुम्कोट भिरमा बा ५ ख ५३८४ नम्बरको टिपर दुर्घटना हुदा दुई जनाको घटनास्थलमै मृत्युभएको छ । हिल्सा देखि याल्वाङ्ग आउँदै गरेको टिपरमा चालक सहिच चार जना सवार मध्ये दुई जनाको घटनास्थलमा मृत्युभएको र दुई जना घाईते भएको जिल्ला प्रहरी कार्याय हुम्लाका निमीत्त कार्यालय प्रमुख राजेन्द्र बहादुर सिंहले बताए ।

दुर्घटनास्थलमा प्रहरी टोली पुगिसकेकाले मृत्यु हुनेको र घाईते सहित चालकको नाम सोधपुछ गरिरहेको उहाले जानकारी दिनुभयो । उत्तरी क्षेत्रमा हिमपात बढी परेकाले चिप्लेर टिपर दुर्घटनामा परेको आशंका गरिएको छ । दुर्घटनाको थप विवरण आएन बाँकी रहेको उहाँले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्