१६ चैत्र २०८०, शुक्रबार

 पाँच बर्ष भित्र नमुना गाउँपालिका बनाउँछौ,  सिमकोट गाउँपालिका अध्यक्ष लामा 

Khabarsabaiko शुक्रबार, आश्विन २६, २०७५

पूर्वमा  खार्पुनाथ गाउँपालिका पश्चिममा  बाजुरा जिल्ला र उतरमा नाम्खा गाउँपालिका र तिब्बत दक्षिणमा  खार्पुनाथ गाउँपालिका विच अवस्थित  सिमकोट गाउँपालिका प्राकृतिक सम्पदा, साधन स्रोतमा सम्पन्न मानिन्छ । जल, जमिन, जंगल, जडिबुटी, जंगली जनावर रहेको यस गाउँपालिकामध्ये  कर्णाली करिडोर, हिल्सा सिमकोट सडक  खण्ड र सिमकोट विमानस्थल ,आर्थिक र पर्यटकीय उच्च सम्भावना बोकेको छ । यस  सिमकोट गाउँपालिकामा पशुपालन तथा फलफूल खेतीको सम्भावना रहेको छ, जटीबुटी खेतीको सम्भावना पनि छ ।  विविध विषयमाकेन्द्रित रहेर   सिमकोट गाउँपालिका  अध्यक्ष पदम बहादुर  लामासंग अर्जुन बोहराले गरेको कुराकानी .

तपाई हिजो आज केमा वेस्त हुनुहुन्छ ?
  अहिले म यो विकासको  लागि मोटर बाटोको बारेमा सोचिरहेको छु । सिमकोट गाउँपालिकाको सडक,डल, लाई पहिलो प्रथामिकता साथ हेरीरहेको छु । गाउँपालिका प्रशासन संचालनको लागि  निर्देशन समेत दिने काम गरेको छु । शिक्षा,स्वाथ्य,कृषि सबै बिषयमा हेरिरहेको छु । अब आर्थिक बर्ष २०७५/०७६सालको लागि योजना निमार्णमा सोचिरहेको छु ।
तपाई २०७४ सालको बहुदलिय व्यबस्थामा पनि  साविकको बरगाउँ गाविसको पनि अध्यक्ष पद पनि समाल्नु  भयो छ । अहिले सिमकोट गाउँपालिको पनि अध्यक्ष समेत बन्नु भएको छ   । के फरक पाउनु भयो ?
यसमा पहिला चाहिँ २०५४ सालमा म बरगाउँ गाविसको निर्वरोध अध्यक्ष भएँ । सबेै जनताले मलाई निर्वविरोध अध्यक्ष बनाए । त्यो वेला गाविसमा बजेट थिएन। सानो गाविसमा अहिले गाउँपालिका वडा पालिका फरक छ ।अहिले बजेट पनि थुप्रै छ । म अध्यक्ष हुँदा  तेति वेला ५० किलो वटा लघु जलविद्युत  आयोजना संचालन गरे । साविकको ठेहे र बरगाउँ गाविसका  दुबै  गाउँमा बती बाल्न सफल भएको थिएँ । पहिलाको गाविस अहिले वडा भएको छ । त्यसमा मैले चाहेको वेला विकास गर्न खोजेको थिएँ । तर प्राप्त मात्रमा बजेट नआई दिँदा  पुर्वधार निमार्णमा समेत समस्या भएको थियो ।  अहिले ५ गाविस गरि  एउटा गाउँपालिका छ । भौतिक निमाार्ण विकासका लागि बजेट आएको छ । अहिले विकास निमार्णममा आएको बजेट लाई  सिमकोट गाउँपलिका लाई नमूनाको गाउँपालिका बनाउने प्रयास गर्ने प्रयासमा छु ।
 तपाईको कार्यकाल एक बर्ष भयो ? एक बर्ष भित्र  उदरणिय काम के के गर्नु भएको छ । बताई दिनु होस ?
म अध्यक्षय पदको लागि चुनावमा  भोट माग्दा पहिलो प्रथामिकता  सबै वडामा  २ बर्ष भित्रै बाटो पुराउने प्रतिवद्धता गरेको थिएँ । त्यसै अनुरुप म सडक निमार्णमा लागि रहेको छु । सिमकोट बजार बाटै शुरु गरेको छु । सबै गाउँपालिका पदाधिकारी सबैको सहयोगमा सिमकोट बजारमा ७ मिटरको चौडा रोड निमार्ण कार्य थालिनी गरेको छु ।सिमकोट बजारमै रहेका तिन तले घर समेत भत्काउनु परेको छ । कतै पर्खाल भत्काउनु परेको छ । सडक निमार्ण कार्य शुरु भएकोले बुराउँसे हुँदै बरगाउँ र ठेहे सम्म र उता सिमकोट हुँदै डाँफया सम्मको बाटो खन्ने कार्य शुरु भएको छ ।एक बर्ष भित्र मलाई सिमकोट गाउँपालिका पदाधिकारी, नागरिक समाज, स्थानीय बास्सिन्दा, संचारकर्मि र विभिन्न बिषयगत विज्ञय साथीहरुको सहयोगमा मैले पहिलो पटक सिमकोट बजारमा  सडक चौडा गर्ने  र अन्य वडामा लिङ्ग रोडको लागि बाटो खन्ने कार्य शुरु गरेको छु ।
 तपाईको चुनाविय नारा त सबै वडामा सडक पुराउने थियो । तपाईले चुनावीय घोषणमा गरिएको प्रतिवद्धता त कार्यन्वयन भएनन  नि ?
कार्यन्वयन भएको छ । मैले चुनावमा गरेको प्रतिवद्धतामा ५ बर्ष भित्र सिमकोट गाउँपालिका वडानं १ देखि ८ सम्ममा कसैले भारी बोकेर हिंडेर सिमकोट बजारमा आउनु नपरोेस भन्ने हो । सबै वडामा सडक पुराउने लक्ष्य लिएको थिएँ । सबैले मलाई मत दिएर अध्यक्ष  बनाए र म अध्यक्ष पनि भएँ । अब म दुई बर्ष भित्रै सिमकोट बजार र आसपासका वडा नं १,२,३,४, सम्म सडक जोड्ने र ८वडा विचमै कर्णाली नदि भएकोले  वेलीव्रिजी पुल बनाउने अठोट गरेको छु ।अहिले राज्यलेदिएको बजेटको हिसाब र सिमकोट गाउँपालिकाको श्रोत साधान लाई हेरेर वडानं १ देखि ८ सम्मका गाउँमा सडक बाटो निमार्ण संगै पिच गर्ने छु । ५ बर्ष भित्र सिमकोट गाउँपालिका लाई हुम्ला जिल्लाको  विकासको नमूना गाउँपालिका बनाउने छु । वडा १ देखि ८ सम्मका नागरिकले झोला बोकर हिंडेदै आएको देख्ने छैन, सबै गाउँ बाट गाडी बाट आएको देख्ने विकासको वातवरण बनाउनु  प्रयास  गर्ने छु । 
पाचँ बर्ष भित्र सबै वडामा सडक पुराउने भन्नु भयो ?कतिको सम्भावान छ ? कार्यन्वयन हुन्छ त ?
कार्यन्यन हुन्छ । किन भने सिमकोट बाट बुराउँसे हुँदै बरगाउँ  समको सडकको ठेक्का पट्टा भईसकेको छ । उता सिमकोट देखि ७ वडा डाँडाफया सम्म सडक बाटो खन्ने कार्य शुरु भएको छ । तर उता वडा ८ भने कर्णाली नदि भएकोले पुलको लागि पनि सम्बन्धि ठाउँमा कुरा भएको छ । ४ बर्ष भित्र सबै वडामा मोटर बाटो पुराउने लक्ष्यका साथ कार्यन्वयन पनि गर्छु । भौगिलिक विकटताले ७७ वटा जिल्ला मध्ये सडक नपुगको हुम्ला हो । प्रदेश सरकार र केन्द्रिय सरकारले हुम्लामा पहिलो प्रथामिकता साथ सडक  लाई ध्यान दिन म आग्रहा गर्दछु । सडक नभएकै कारण हुम्लामा विकास निमार्णमा समस्य आएको हो ।
 गाउँमा सडक पुराउने त भन्नु भयो तर राष्ट्रिय राजमार्गले नछोएको हुम्लामा  जिल्लामा सम्भावान छ त ? कहिले पुग्ला सडक हुम्लामा ?
  ह्ुम्ला लाई सडक सन्जाले जोडने कर्णाली करिडोर मोटर बाटो हो । सरकारले नेपाली सेनाको जिम्वामा दिएको छ , र केहि पार्ट ठेक्का टेन्डर भएको  छ । हुम्लाको कवाडी सम्म बाटो पुगेको छ । हुम्लामा गल्वागाड देखी जैरा सम्मको बाटो चट्टानले गर्दा  अप्ठारो छ । त्यस लाई विस्फोट गरायो भने छिटै पुग्छ । हुम्लाको उतरी चिन संग जोडिएको ३ सय किलोमिटर बाटो निमार्ण भएको छ । तर अप्ठारा चट्टान बलास्टिीङ्ग गरेमा मात्र हुम्लामा छिटो रोड पुग्ने छ । यो राज्यले जिम्मा लिनु पर्छ ।
 कर्णाली प्रदेशकै पर्यटकीय मुख्य मार्ग हुम्ला मानिन्छ । मानसरवर कैलाश पर्वतको दर्शनको लागि पनि हिन्दु धर्म र बौद्धधर्मलम्बी आउने छोटो बाटो हिल्सा नाक  पनि हो हुम्ला । अब पर्यटकीय क्षेत्रको विकास गर्न तपाईको योजना के छ ?
हुम्ला  जिल्ला मात्र नभई कणाली प्रदेशका १० वटै जिल्ला प्रचुर सम्भावाना बोकेको  पर्यटकीय क्षेत्रको  सम्भावाने प्रदेश हो । कर्णाली प्रदेशको हुम्ला कैलाश मानसरवर दर्शन मार्ग हो । कैलाश पर्वत र मानसरवर पवित्र भुमिमा शिवजीको बासस्थान भएकोले दर्शन गर्न आउनेको संख्या वृद्धि भएको छ । मानसरवर र केैलाश पर्वतको  दर्शन गर्नु भन्दा पहिला  शिवजिको बास स्थान भएको खार्पूनाथ तिर्थ  र रलिङ्ग तिर्थमा दर्शन गरेमा पवित्र पुण्डय पाउँ छ भन्ने हिन्दुधर्मशास्त्र र बौद्धधर्म शास्त्रमा पनि लिखीत दस्तावेज भेटिन्छ । यसैले कैलाशपर्वत र मानसरवरमा दर्शन गर्नु पुर्व  खार्पूनाथ तिर्थ  र रलिङ्ग तिर्थमा दर्शन गर्नु पर्ने भएकोले यस लाई ओझेलमा पारिएको छ । युरोप,भारत लगायतका देशहरु बाट विदेशी पर्यटकहरु  हुम्लामा  आईरहेका छन । एकातिर धार्मिक पर्यटीकय हिसाबले पवित्र हुम्लामा शिवजीको दर्शनको लागि आउने गरेका छन,भने अन्य पर्यटकिय क्षेत्रमा हिश्रखला नदिनाला पार्टन विभिन्न तालको अवलोकन गर्न आएका हुन्छन । यस लाई व्यबस्थिती गर्न पहिलो बाटो निमार्णको प्रयास गरिन्छ भने पर्यटकीय आगमनको सहजको लागि भौतिक पूर्वधारको लागि प्रयास गरिरहेको छु ।
सिहदरबारको अधिकार गाउँघरमा  आएको भनिन्छ नि ? नागकिरले कतिको महशुस गरेका छन ?
  सिहँदरबारको अधिकार गाउँघरमा भनेको  मलाई अच्चम लागेको छ । सिहँ भनेको त केन्द्रमै छ ,गाउँमा भने खाली गरिबका झुपडिमात्र आएको छ । अब सबै अन्यौलतामै छौ ।शिक्षा स्वास्थय सबै बिषयगतका संयोजक तोकेर गाउँपालिकामा आउनु पर्छ भन्ने एकातिर स्थानीय तह संचालन एनेमा उल्लेख गरको छ । तर गाउँपालिकाको मातहातामा बिषयगत कार्यालयहरुका संयोजक कर्मचारी आउननुपर्ने हो तर अहिले सम्म आएका छैनन । कर्मचारीको अभाव छ । हामी बुभmन सकेका छैनौ । अधिकार अझै आयता पनि केन्दसरकार र  प्रदशेसरकारले समेत वेवास्ता गरकोे छ ।
कर्मचारी गाउँपालिका पाठाईसकिएको भन्ने छ किन कर्मचारीहरु गाउँपालिकामा आउन  मानदैनन   ?
  मलाई अच्म लागको छ । राज्यले कर्मचारी पठाएको छ भन्नछन तर गाउँमा अहिले सम्म आएका छैनन कर्मचारी कमीले गर्दा विकास निमार्णका कामहरु अबरोध भईरहेको छ । गाउँपालिकामा हुनु पर्ने दरबन्धि सबै छ तर  दरबन्धि अनुसार कर्मचारी पठाएकै छैन । यता कर्मचारी नियुक्ती  गरौ भने श्रोत छैन । राज्यले नियुक्ती गर भने पनि जानकारी केहि छैन । 
 अन्तमा तपाईको भनाई के छ  ?
  नेपालकै दुर्गम जिल्ला हुम्ला हो । यहाँ बाट जाने मुख्य कैलाश मानसराेवार दर्शन मार्ग छ । सडक नपुगेको जिल्ला हुम्लाल नै हो । जटीवुटी पर्यटनका क्षेत्र र अर्गानीक हुम्ला हो ।  यस लाई व्यबस्थित गरेर गयौ भने हुम्ला स्वर्ग हुने छ । हामी गाउँपालिका हिसाबले काम गरिरहेका छौ । यसै जिल्ला बाट प्रदेशका  सामाजिक मन्त्रिको अबसर पाएका छन । केन्द्रमा पनि २ जान सभासद छन । हुम्लाको लागि सबै लाग्यो भने बिकास निमार्णमा सहज हुन्छ । प्रदेश केन्द्र सरकारले सहयोग गरयो भने सिमकोट गाउँपालिका स्मार्ट सिटी हुने छ  र सबै वडामा गाडी चल्ने छ ।  सिमकोट गाउँपालिका लाई नगरपालिकामा लैजाने प्रयास गर्ने छु । म पाँच बर्ष भित्र विकासको लागि विवाद आउन नदिने बाचा सहित नमूना गाउँपालिका बनाउने बाचा गर्नेछु । ।

यहाँ कमेन्ट गर्नुहोस्