१६ चैत्र २०८०, शुक्रबार

बाजुरामा जीप खस्दा चारजनाको मृत्यु एक जना बेपत्ता

Khabarsabaiko बिहिबार, पुष १७, २०७६

बाजुरा

बाजुराको हिमाली गाउँपालिकामा भएको जीप दुर्घटनामा पाँचजनाको मृत्युभएको छ । जीप कर्णाली नदीमा खस्दा चारजनाको घटनास्थलमै मृत्यु भएको हो । से १ ज १०६४ नम्बरको जीप आज दिउँसो कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभयो । मृत्यु हुनेमा मुगुको कर्मारोङ गाउँपालिका ८ का पेमा लामा, बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ६ का पवन भण्डारी, बाजुराकै जगन्नाथ गाउँपालिका ५ का २७ वर्षका जीप धनी एवम चालक रमेश शाही र कैलालीको मोहन्याल गाउँपालिका ५ का ३३ वर्षका दिनेश घर्तीमगर रहनुभएको छ । प्रहरीका अनुसार दुर्घटनामा चारजना घाइते छन् भने एक जना बेपत्ता रहेका छन् । दुईजनाको अवस्था गम्भीर छ । बेपत्ता हुनेमा बाजुराको स्वामीकार्तिक गाउँपालिका ४ का १२ वर्षका सुशिला विक रहनुभएको छ । गम्भीर घाइते भएकालाई थप उपचारका लागि नेपाली सेनाको हेलीकोप्टरमार्फत बाँकेको कोहलपुर लगिएको डिएसपी भाटले  जानकारी दिनुभयो ।

 

यहाँ कमेन्ट गर्नुहोस्