१६ चैत्र २०८०, शुक्रबार

उखु किसानले पैसा पाउने व्यवस्था गर्ने सरकारको दाबी ।

Khabarsabaiko बिहिबार, पुष १७, २०७६

संवाददाता
काठमाडौं-सरकारले किसानले उखु बेच्नेबित्तिकै पैसा पाउने वातावरण बनाउने दावी गरेको छ । आज उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले राष्ट्रियसभामा सांसदको प्रश्नको जवाफ दिँदै उखुको तौल गरिसकेपछि रकम किसानको खातामा जाने व्यवस्था गर्ने बताउनुभएको हो । उखु किसान र चिनी मिलको समग्र समस्या पत्ता लगाउन कार्यदल गठन गरेको भन्दै मन्त्री भट्टले कार्यदलको सुझावको आधारमा सरकार अघि बढ्ने बताउनुभयो । उद्योगीका मागअनुसार विदेशी चिनी आयातमा प्रतिबन्ध लगाएको भन्दै मन्त्री भट्टले चिनी उद्योगीको समस्या पनि सरकारले हल गर्ने दावी गर्नुभयो । नेपालका चिनी मिलमा पुरानो मेसिन भएका कारण भारतमा जस्तो थोरै उखुले धेरै चिनी दिन नसकेको र त्यसमा पनि सुधार गर्नुपर्ने उहाँले बताउनुभो ।

यहाँ कमेन्ट गर्नुहोस्