०४ बैशाख २०८१, मंगलबार

सिङगो गाउँनै सिजनल फ्लुका बिरामीले थला

Khabarsabaiko बुधबार, माघ ०८, २०७६

हुम्ला– डेढ महिनादेखि लामो हिमपातले अत्याधिक चिसो बढेसगै सर्केगार्ड गाउँपालिकामा सिजनल फ्लुका बिरामी बढदै गएका छन् ।
चिसो बढेपछि सर्केगार्ड गाउँपालिका ३ स्थित उनापानी गाउँमा गाँउनै सिजनल फ्लुका बिरामीले थला परेका छन् । गत पुष महिनादेखि रुघाखोकी,ज्वरोले गाउँभरी बिरामी भएको सर्केगार्ड गाउँपालिका ३ की हस्ता फडेराले जानकारी दिएकी छन् । स्वास्थ्यचौकीमा औषधी छैन् बिरामीले गाउँनै थला परेको फडेराले बताइन् ।
गाउँमा वृद्धावृद्धा र बालबालिका बढी प्रभावित रहेको स्थानीय शिला कार्कीको गुनासो छ । गाउँमा रहेको स्वास्थ्य इकाईमा अभाव भएपछि गाउँमा समस्या भएको कार्कीले बताइन् ।
उनापानी स्वास्थ्य इकाईकी अनमी नन्दा फडेराका अनुसार स्वास्थ्य इकाईमा औषधी नभएको बताइन् ।
सर्केगार्ड गाउँपालिका स्वास्थ्य शाखाबाट दिएको औषधी सकियो तर गाउँभरी नै बिरामी थला परेको बताइन् । गाउँमा वृद्धवृद्धा बालबालिका,र दमका बिरामीहरु दैनिक ३०देखि ४० जना स्वास्थ्य इकाईमा पुगेर फर्किने गरेको अनमी फडेराको भनाई छ ।
सर्केगार्ड स्वास्थ्यचौकी संयोजक सन्तोष धामीका अनुसार गाउँपालिकाबाट माग अनुसार औषधी आफुहरुले दिएको जानकारी दिएका छन् । नेपाल सरकारले दिने औषधी छ । अन्य बाहिरबाट ल्याउने खरिद गरेका छैन । फागुन महिना सम्म पुग्ने औषधी हामी सँग छ; संयोजक धामीले भने ।

यहाँ कमेन्ट गर्नुहोस्