१६ चैत्र २०८०, शुक्रबार

विज्ञ समुह विचको परामर्श वैठक सकियो, अब बजेट कार्यान्वयनमा लैजाने-प्रवक्ता केसी

Khabarsabaiko शुक्रबार, आश्विन २६, २०७५

सुर्खेत, २५ असोज ।
वुधवार देखि शुरु भएको कर्णाली प्रदेश सरकार र सरकारले गठन गरेको विज्ञ समुह विचको परामर्श वैठक सकिएको छ ।मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय सुर्खेतमा सम्पन्न भएको छ । वैठकमा वजेट कार्यान्वयनमा देखिएका समस्या सामाधानका लागि उपलव्धीपुर्ण भएको सरकारकी प्रवक्ता एवं भुमी व्यवस्था तथा कृषि सहकारी मन्त्री विमला केसीले बताइन । वैठकमा विज्ञ समुहले वजेट कार्यान्वयनका लागि महत्वपुर्ण सुझाव दिएको छन ।अव मन्त्रीपरिषदको वैठक वसेर ठोस निर्णय गरेर वजेट कार्यान्वयनमा तिव्रताका साथ लजौने प्रवक्ता केसीले बताउनु भयो । कर्णाली प्रदेश सरकारको वजेट कार्यान्वयनको प्रक्रियामा अन्योलता देखा परेको बताए । संघीयताको अभ्यास नयाँ भएकोले पनि विज्ञ समुहसंगको परामर्श वैठकले धेरै हदसम्म वजेट कार्यान्वयन प्रक्रिया सम्वन्धी गहिरो बिषय उठेको समेत प्रवक्ता केसीले बताइन । वजेट कार्यान्वयनका लागि प्रदेश सरकारको सार्वजनिक खरिद ऐन नवन्दा सम्म प्रचलित सार्वजनिक खरिद ऐन तथा नीयमावली अनुसार काम गर्न र सो ऐनले नसमेटीएका विषयमा संवैधानिक अधिकार प्रयोग गरि वजेट कार्यान्वयन कार्यविधि निर्माण गरि काम काम गर्न विज्ञ समुहले सुझाव दिएको छ ।कर्णाली प्रदेशमा वजेट कार्यान्वयनका लागि नपुग प्राविधिक जनशक्ति तथा कन्सल्ट्यान्टहरु सेवा करारमा भर्ना गरि वजेट कार्यान्वयन प्रक्रिया अघि वढाउन प्रदेश सरकारलाई वाधा नपर्ने पनि विज्ञ समुहले सुझाव दिएको प्रवक्ता केसीले वताउनुभयो । वैठकमा मुख्यमन्त्री महेन्द्रवहादुर शाही, मन्त्रीहरु प्रकाश ज्वाला, नरेश भण्डारी, विमला केसी, दल रावल, खडकवहादुर खत्री, नन्दसिं वुढा, विज्ञ समुहका संयोजक जनार्दन शर्मा प्रभाकर, विज्ञ समुहका सदस्यहरु डा.पुण्य रेग्मी,डा. सुरेशतिवारी, डा. कुशेन्द्र महत, डा.कृष्णप्रसाद पौडेल, पुर्व महान्यायधिवक्ता मुक्ति प्रधान, प्रदेश सचिव रामप्रसाद थपलिया, प्रदेश सरकारका सचिवहरुको सहभागिता रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्