१६ चैत्र २०८०, शुक्रबार

कर्णाली प्रदेशको विकासको लागि डटेर लाग्ने– नेता शर्मा

Khabarsabaiko शुक्रबार, आश्विन २६, २०७५

खबरसबैको, संवाददाता
सुर्खेत आसोज २६ गते

कर्णाली प्रदेशको विकासका लागि डटेर लाग्ने नेकपाका कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्माले बताएका छन् । प्रदेश विजयादशमीको अवसर पारी प्रदेश राजधानी सुर्खेत, वीरेन्द्रनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा क्षमता र अधिकार प्रयोग गरेर उत्कृष्ट कर्णाली प्रदेश बनाउने तयारी भईरहेको इन्चार्ज शर्माले बताए। कर्णाली प्रदेश सरकार र विज्ञ समूहबीचको चौथो बैठकका लागि सुर्खेतमा आउनुभएका इन्चार्ज शर्माले “हाम्रो कर्णाली हामी आफैँ बनाउँछौँ”, उनले भने, “यसका लागि यहाँस्थित सबैले योगदान पु¥याउनु पर्दछ ।”
उनले कर्णाली प्रदेश सरकारसँगको बैठकमा सरकारको आवश्यकतामा मद्दत गर्ने, प्रदेशको सरकारको संरचना निर्माणमा सहयोग पु¥याउने बताए । कर्णाली विकासको लागि ५–१५–५० वर्षीय रणनीति तथा व्यवस्थित योजना निर्माण गर्ने निर्णय गरेको बताए । योजना माग गर्नु भन्दा कार्यान्वयन र परिणामसमेत महत्वाकाङ्कक्षि हुनुपर्नेमा शर्माले जोड दिनु भयो । उहाँले भन्नु भयो कर्णाली प्रदेशमा अहिले सम्म पूर्वाधारका र जनशक्ति अभाव देखिएको छ । अहिले कर्मचारीको पुनःसंरचना समेत हुनसकेको अबस्थामा सङ्घर्ष र छलफलका बीचबाट रुपान्तरणको अभियान शुरु गर्ने शर्माले बताए । कर्णाली प्रदेशमा ३३ प्रतिशत मात्र कर्मचारी आएको हुनाले अब प्रदेश सरकारले आफँैले कर्मचारी भर्ना गर्ने बाटो खुलेको बताउनु भयो । नेकपाको कमिटीले तल्लोस्तरसम्म पूर्णता नपाएको र पार्टी स्थायी कमिटीको आगामी कात्तिक ४ गते बस्ने बैठकले सबै टुङ्गो लगाउने तयारी रहेको जानकारी दिनु भयो । कार्यक्रममा शर्माले अब पाटीभित्र कुनै गुट,उपगुट नहुने र यो विधि विधानसँग चल्ने ठोकुवा गर्नु भयो । कार्यक्रममा पूर्व महान्यायाधि वक्ता मुक्ति प्रधान, डा गोविन्द वियोगीका,डा कुशेन्द्र महत र डा पुण्य रेग्मीसहभागिता रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्