१६ चैत्र २०८०, शुक्रबार

कर्णाली करिडोर अन्तरगत सडक खन्ने कामदार ढुगां खस्दा गम्भिर घाईते

Khabarsabaiko आइतबार, माघ २६, २०७६

कर्णाली करिडोर अन्तरगत सडक खन्ने क्रममा एक जना कामदार ढुगां खसेर चोट लाग्दा गम्भिर घाईते भएका छन् । सडक खन्ने क्रममा अदानचुली गाउँपालिका २ का ३० वर्षीय नवराज बुढा गम्भिर घाईते भएका हुन् ।
हुम्ला जिल्लाको अदानचुली गाउँपालिकोे तिर्थासैन भन्ने स्थानमा काम गरिरहेको अवस्थामा माथिबाट ढुगां खस्दा बुढा घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरिक्षक राजेन्द्र पहाडी जनाएका छन ।

शुत्रबार करिब ४ बजेतिर घाईते भएका बुढालाई शनिबार नेपाली सेनाको जिपमार्फत बाजुराको कोल्टी पु¥याएर बाजुराबाट हवाईजहाज मार्फत नेपालगञ्ज हुदै कोहलपुर अस्पताल लगिएको छ । घाइते बुढाको आज कोहलपुरस्थित दशबिघा अस्पातल अप्रेशन हुने जिल्ला प्रहरी कार्यालय हुम्लाको भनाई छ ।

यहाँ कमेन्ट गर्नुहोस्