१५ चैत्र २०८०, बिहिबार

जनता बैंकले हुम्लामा एकै पटक तीन नयाँ शाखा खोल्यो

Khabarsabaiko शुक्रबार, आश्विन २६, २०७५

नृपराज हमाल, खबर सबैको संवाददाता श्रीनगर
हुम्ला, असोज २६ ।
जनता बैंक नेपाल लिमिटेडले हुम्लामा एकै पटक तीन शाखा बिस्तार गरेको छ । हुम्लाको अदानचुली, ताँजाकोट र चंखेली गाउँपालीकामा एकै पटक तीन शाखा विस्तार गरेको हो । असोज २६ गते शुक्रवारबाट तीनै शाखाबाट सम्पुर्ण बैंङ्कीङ्ग कारोवार शुरु भएको छ ।
हरेक स्थानीय तहमा बैंङ्कीङ्ग सेवा संचालन गर्ने नेपाल सरकारको लक्ष्य अनुसार जनता बैंकले हुम्ला जिल्लाका तीन गाउँपालिकामा नयाँ शाखा बिस्तार गरेको हो । पहिलो दिन सबै शाखामा उत्साहजनक कारोवार भएको अदानचुली शाखा प्रमुख हरिचन्द्र रेग्मीले बताए । जनता बैंङ्कले बैंङ्कीङ्ग सेवा तथा सुविधा प्रदान गर्ने लक्ष्यका साथ स्थानीय निकायमा आएकाले सबैलाई बैंङ्कीङ्ग सेवा लिन शाखा प्रमुख रेग्मीले आग्रहगरेका छन् । ग्रामिण भेगका बासिन्दालाई सेवा दिने उदेश्यले खोलिएका बैंकले स्थानीय निकायमा हुने आर्थिक कारोवारलाई लक्षित गरेका छन् ।
गाउँमैं बैंक आएपछि स्थानीयहरुलाई आर्थिक कारोवारका लागी जिल्ला सदरमुकाम धाउनु पर्ने समस्या टरेको अदानचुलीका स्थानीय व्यापारी बर्षे रोकायाले बताए । यस अघि दुई दिनको पैदल हिडेर स्थानीय बासिन्दा जिल्ला सदरमुकाम सिमकोट पुगि आर्थिक कारोवार गर्ने गरेका थिए ।
सात गाउँपालीका रहेको हुम्लामाजिल्ला सदरमुकाम सिमकोट बाहेकका स्थानीय निकायमा जनाता बैंकले तीन, सिटिजन्स् बैंकले दुई, प्रभु बैकले एक शाखा बिस्तार गरेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्