१५ चैत्र २०८०, बिहिबार

परीक्षण नगरी  गाउँ पसेपछि ५ देखि २५ हजार सम्म जरिवाना

Khabarsabaiko शुक्रबार, चैत्र २१, २०७६

नाम्खा गाउँपालिकामा कुनै नयाँ  मान्छे स्वास्थ्य परीक्षण नगरी  गाउँ पसेपछि ५ देखि २५ हजार सम्म जरिवाना गरिने भएको छ । कोरोना संक्रमण बाट गाउँबासीलाई जोगाउन नाम्खा गाउँपालिका वडा नं. ३ मा २५ हजार  र २ नं. वडाले ५ हजार जरिवाना तोकिएको छ ।

नाम्खा गाउँपालिका ३ खागालगाउँ र २ को केर्मी गाउँमा स्वास्थ्य परीक्षण नगरी कुनै पनि नयाँ व्यक्ति गाउँमा प्रवेश गर्न निषेध गरेको छ । कोही  व्यक्ति अटेर गरि गाउँ प्रवेश गरे २५ हजार रुपैयाँ जरिवाना सहित क्वारेन्टाइनमा बस्नु पर्ने निर्णय गरेको ३ नम्वर वडा कार्यालयका वडाध्यक्ष पेमा लामाले बताउनु भयो । वडाध्यक्ष लामाका अनुसार कोरोनाबाट बच्न वडा कार्यालयले यस्तो निर्णय गरेको बताउनु भयो ।

कोरोना भाइरसबाट सचेत र सतर्क रहन वडाको चार किल्लामा गाउँले मिलेर पहरा बस्न सुरु भएको स्थानीय छेपाल लामाले बताउनु भयो ।
। वडा भित्रको क्षेत्र टुलुङ्बामा क्वारेन्टाइनको व्यवस्था गरिएकोले अब गाउँ बाहिरबाट आउने जुनसुकै व्यक्तिले उतै बस्नु पर्नेछ । केही गरि अटेर गरेर आउनेले २५ हजार दण्ड तिर्नुपर्ने छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्