१५ चैत्र २०८०, बिहिबार

हुम्लामा ३५ वटा क्वारेन्टाइनमा ६ वटा प्रयोगमा

Khabarsabaiko बिहिबार, बैशाख ११, २०७७

जिल्लाभरी ३५ वटा क्वारेन्टाइन भएपनि हाल ६ वटा मात्रै क्वारेन्टाइन प्रयोग गरिएको पाइएको छ । ३५ वटा क्वारेन्टाइनमा २ सय ५१ बेड रहेपनि हाल सबै खाली नै छन् । क्वारेन्टाइनमा एक जना महिला र १२ जना पुरुष मात्रै बसेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरिक्षक रामप्रसाद घर्तिमगरले जानकारी दिए ।
९ जना महिला र ९१ जना पुरुष होम क्वारेन्टाइनमा बसेको प्रहरी नायब उपरिक्षक घर्तिमगरले बताए । भारत अन्य मुलुकबाट एक सय चालिस जना हुम्लामा प्रवेश गरेका छन् । देशका विभिन्न शहर र भारतबाट मजदुरी गरी ८ सय ९४ जना हुम्लाका सात वटै गाउँपालिका प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
मुगु हुदै हुम्ला बाजुरा हुदै हुम्ला ६ सय १९ जना पुरुष र १ सय ६३ जना महिला,१ सय १२ जना बालबालिका रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरिक्षक रामप्रसाद घर्तिमगरले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्