१६ चैत्र २०८०, शुक्रबार

सर्केगार्ड गाउँपालिका प्रमुख प्रशासकिय अधिकृतद्धरा वडाध्यक्षमाथी हातपात

Khabarsabaiko बुधबार, बैशाख १७, २०७७

हुम्ला–सर्केगार्ड गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत रुद्रबहादुर शाहीले सर्केगार्ड गाँउपालिका ५ का वडाध्यक्ष कर्णजंग शाही माथी हातपात गरेका छन् । मंगलबार गाउँपालिकाको कार्यपालिकाको बैठकमा प्रमुख प्रशासकिय अधिकृत रुद्रबहादुर शाहीले वडाध्यक्ष कर्णजंग शाही माथी हातपात गरेका हुन् ।

वडा नम्बर ५ का वडाध्यक्ष कर्णजंग शाहीले वैशाख ६ गते आफ्नो व्यक्त फेसबुकबाट सर्केगार्ड गाउँपालिकामा केही कर्मचारीहरु हिटलरको स्वरुपमा राजनिती गरिहेका छन् त्यसैले हाम्रो वडामा सबै कामहरु हुदाहुदै पनि बजेट फ्रिज हाल्ने प्रयास गदैछन् भन्ने स्टाटस लेखेका थिए । मंगलबार सर्केगाड गाउँपालिकाको कार्यपालिकाको बैठकमा वडाध्यक्ष शाहीले माग पत्र सहीत पेश गर्दा कुरा नमिलि विवाद भएको हो । अध्यक्षले वडाको भवनको बजेट माग गर्दा वडाको भवन बनिसकेको अव बजेट छुट्याउन नसकिने भन्ने विषयमा कार्यकारी ले भने पछि भएको हो ।

साथै उद्धार राहत कोष,विपद् व्यवस्थापन कोष,विपन्न लक्षित कोष,भैपरी आउने खर्च पदाधिकारी बैठक भत्ता भम्रण खर्च लगायतका अन्य जानकारी दिनुपर्ने भन्दै आफुहरुले माग पत्र पेश गरेका थिए ।

कार्यपालिकाको बैठकमा वडा नम्बर ५ वडाध्यक्ष कर्णजंग शाही,वडा ८ अध्यक्ष टयारे रोकाया,वडा नम्बर २ अध्यक्ष बिसे महतारा ,७ वडाध्यक्ष कृष्ण प्रसाद जोशी ४ अध्यक्ष बलि थापा,र सदस्यहरु रामसरा खड्का,बाँचे बि.क जसपुरी कामी,तिर्था बि.कले संयुक्त माग पत्र पेश गरेका छन् ।
माग पत्र पेश गर्न क्रममा भनाभन भएपछि प्रमुख प्रशासकिय अधिकृत रुद्रबहादुर शाहीले आफुमाथी हातपात गरेको वडाध्यक्ष कर्णजंग शाही माथी हातपात गरेका हुन् । प्रमुख प्रशासकिय अधिकृत सुरु आफुलाई हातपात भएपछि प्रति रक्षाका लागि आफुले हातपात गर्नु परेको  दाबी छ भने वडाध्यक्ष शाहीले पहिलो आफुमा हातपात भएको आरोप लगाउने गरेका छन् ।

प्रमुख प्रशासकिय अधिकृत शाहीका अनुसार अध्यक्ष सँग वडाका विषयमा कुरा हुदै थियो त्यही बेलुका गएर फेसबुकमा स्टाटस लेखेको आक्रोश व्यक्त गरे । गाउँपालिका अध्यक्ष कृष्ण रोकायाका अनुसार एक हप्ता पहिलो वडाको भवनको विषयमा विवाद थियो हिजो मंगलबार कार्यपालिकामा वडाध्यक्ष शाही लगायतका टोली माग पत्र पेश गरेको स्वीकार गरे । मागपत्र पेश गर्न क्रममा भनाभन गदै पहिलो प्रमुख प्रशासकिय अधिकृतबाट हात गएको बताए । यस विषयमा सहमति गरेर मिलाउने हो त्यही गरी भएन भने उनीहरु कानुनी बाटोमा जानुहुन्छ गाउँपालिका अध्यक्ष रोकायाको भनाई छ ।

यहाँ कमेन्ट गर्नुहोस्