१६ चैत्र २०८०, शुक्रबार

२५ लाखमा बनेको स्वास्थ्य ईकाई भवन प्रयोग विहिन

Khabarsabaiko बिहिबार, बैशाख १८, २०७७

हुम्ला–नेपालमा अहिले ५७ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको अवस्था छ । दिनप्रतिदिन नेपालमा कोरोना भाइरसको संक्रमणको संख्या बढ्दै गईरहेको अवस्थामा हुम्लाको छ्यांगिमा संञ्चालित स्वास्थ्य ईकाई भवन प्रयोग विहिन अवस्थामा छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको २५ लाख आर्थिक सहयोगमा निर्माण भएको साे ईकाई फर्निचर र अन्य आवश्यक सामाग्री नहुँदा प्रयोग विहिन रहेको स्थानियको भनाई छ ।

ग्रमिण क्षेत्रमा पर्ने सर्केगार्ड गाउँपालिका–६ स्थित छ्यांगी स्वास्थ्य ईकाई गाईवस्तुका लागि घाँस राख्ने बनाइएको छ । सो सामुदायिक स्वास्थ्य ईकाईमा एक जना अहेव,एक जना अनमी र एक जना कार्यालय सहयोगीको दरबन्दी छ । स्वास्थ्यकर्मीहरुले स्थानीय पदम शाहीको घरको एक कोठामा औषधी राखेर सेवा दिने गरेको स्थानीयहरुको भनाई छ ।

२०७६ सालमा निर्माणको काम समपन्न भएको भवन हाल सम्म प्रयोगमा ल्याईएको छैन् । स्वास्थ्य ईकाइमा फर्निचर र अन्य आवश्यक सामाग्री नहुँदा घरको एक कोठमा राखेर स्वास्थ्य संस्था सञ्चालन गरिएको स्वास्थ्य ईकाइका अध्यक्ष पदम शाहीले जानकारी दिए ।सामाग्रीका लागि आवश्यक बजेट नहुदा स्वास्थ्य ईकाई प्रयोग आउन नसकेको अध्यक्ष शाहीले बताए । सो व्यावस्थापनका लागि विभिन्न निकायमा पहल भैरहेको तर कसैको पनि सहयोग जुट्न नसक्दा इकाइ व्यावस्थापनमा ढिलाइ भएको जनाएका छन् ।

सर्केगाड गाँउपालिकाका स्वास्थ्य शाखाका संयोजक सन्तोष धामीका अनुसार आवश्यक औषधी र उपकरण गाउँपालिका नियमित पठाईरहेको बताए । तर केही दिन अगाडी अनुगमनका क्रममा सो स्वास्थ्य ईकाईमा घाँस राखेको  फेला परेको संयोजक धामीले जानकारी दिएका छन् । यस विषयमा स्थानीय बासीहरु सक्रिय लागेर ईकाई भवन प्रयोगमा ल्याउनु पर्ने स्वास्थ्य शाखाका संयोजक धामीको भनाई छ ।

यहाँ कमेन्ट गर्नुहोस्